राजनीति

“प्रधानमन्त्री ओलीको ठूलो खुलासा: सामाजिक सञ्जाल विधेयक माओवादीसँगै मिलेर बनाएका थियौं!”

“प्रधानमन्त्री ओलीको ठूलो खुलासा: सामाजिक सञ्जाल विधेयक माओवादीसँगै मिलेर बनाएका थियौं!”

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल विधेयकको मस्यौदा माओवादी केन्द्रसँग मिलेर तयार पारेको खुलासा गरेका छन्।

आज एक कार्यक्रममा बोल्दै, उनले यस विधेयकको मस्यौदा माओवादीसँगको सहकार्यमा बनेको स्पष्ट पारेका थिए। ओलीले भने, "कसैले भनेका छन् कि यो विधेयक उनीहरुले मात्रै तयार पारेको हो, तर साँचो कुरा यो हो कि हामी माओवादीसँगै बसेर यसलाई तयार गर्यौं।"

यस विधेयकको विरोध गर्दै संसदमा केही पार्टीहरूले चर्का टिप्पणी गरेको र विरोध प्रदर्शन गरिरहेको बेला, ओलीले माओवादी पार्टीकै टिकटक प्रतिबन्धको समयको उदाहरण दिँदै सोधे, "अब सबैले बोल्न पाउनुपर्छ भनेर हल्ला गर्दै छन्। त्यसबेलामा माओवादीले टिकटकमा प्रतिबन्ध लगाएको थियो, के त्यो सम्झनुहुन्छ?"

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा बोल्ने स्वतन्त्रता दिने भए पनि त्यसको दुरुपयोग गर्न नहुने बताएका छन्। "हामीले बोल्न नपाउने समाजको विरोध गरेका थियौं, तर बोल्नको अर्थ भनेको जे पनि बोल्नु होइन, ठिक कुरा बोल्नु हो," उनले जोड दिए।

उनले आश्वस्त पारे कि यो विधेयकले कुनै पनि व्यक्तिको अधिकारमाथि अंकुश लगाउने छैन। "हामीले बनाउने कानुनले कुनैको अधिकार मिच्दैन," ओलीले भने।