समाचार

नेपाली कांग्रेसका शीर्ष नेताको नयाँ ‘स्टाइल’? टिभी अन्तर्वार्तामै गुट्खा चपाउँदै शशांक कोइराला!

नेपाली कांग्रेसका शीर्ष नेताको नयाँ ‘स्टाइल’? टिभी अन्तर्वार्तामै गुट्खा चपाउँदै शशांक कोइराला!

नेपालमा सुर्तीजन्य पदार्थ (सुर्ती, खैनी, गुट्खा) स्वास्थ्यका लागि हानिकारक मानिन्छ। यही कारण सरकारले सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको सेवन तथा विज्ञापनमा कडाइ गर्दै आएको छ। तर, मुलुकको सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेसका एक प्रभावशाली नेता भने टेलिभिजन अन्तर्वार्ताकै दौरान गुट्खा चपाउँदै आफ्ना राजनीतिक विचार राखिरहेका देखिएपछि विवादमा तानिएका छन्।

हो, नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले हालै एक टेलिभिजन कार्यक्रममा गुट्खा चपाउँदै अन्तर्वार्ता दिएका छन्। पत्रकारसँग गम्भीर राजनीतिक छलफल चल्दै गर्दा उनले बेलाबेलामा मुख हल्लाउँदै गुट्खा चपाएका मात्र होइन, थुक निल्दै-निल्दै आफ्नो धारणा समेत राखे।

गुट्खा चपाउँदै दिएको अन्तर्वार्ता: कोइरालाको 'स्टाइल' कि लापरबाही?

कार्यक्रमका क्रममा पत्रकारले उनलाई सोधे— "विपीको पुत्र हुनुबाहेक तपाईंसँग नेपाली राजनीतिको के योग्यता छ?"
कोइरालाले तत्कालै गुट्खा चपाउँदै जवाफ फर्काए— "नेपाली राजनीति...(गुट्खा चपाउँदै) एक त मलाई राजनीति गर्ने इच्छा थिएन। म आफ्नो प्रोफेसनमा थिएँ। तर...(थुक निल्दै) मलाई प्रेसर आउन थाल्यो कि, कहाँ तपाई मान्छेको आँखा जाँच गर्नुहुन्छ, (फेरि थुक निल्दै) अब राष्ट्रको आँखा जाँच गर्नुस्।"

सामाजिक सञ्जालमा आलोचनाको बाढी!

नेता कोइरालाले अन्तर्वार्तामा गुट्खा चपाएको भिडियो बाहिर आएपछि सामाजिक सञ्जालमा उनलाई कडा आलोचना भइरहेको छ। कतिपयले "बिहानदेखि दारु र गुट्खा खानुबाहेक कुनै काम छैन" भन्दै कटाक्ष गरेका छन् भने कसैले "यो मान्छे कांग्रेसको लुपुर्धुङ सभापति मात्र बन्न सक्छ" भन्दै व्यंग्य हानेका छन्।

एक प्रयोगकर्ता सुनिल शर्माले लेखेका छन्—
👉 "शशांक कोइरालासँग बिहानदेखि दारु र गुट्खा खाने योग्यताबाहेक आशा गर्ने कुनै आधार छैन, उहाँ बिनापिँधको लोट्टा हो।"

त्यस्तै, अर्का प्रयोगकर्ता कृष्ण तिवारीले थपे—
👉 "उहाँको गोजी पनि छाम्नू, क्वाटर (रक्सी) नभेटे मलाई मार्दिनू!"

यद्यपि, सबै प्रतिक्रिया नकारात्मक मात्र छैनन्। राजु दावा राईले त गुट्खा खानु निजी मामिला भएको भन्दै समर्थन गर्दै लेखे—
👉 "घुस खा'को हैन रहेछ, गुट्खा त खा'को रच नि, ठिकै छ!"

पहिले पनि विवादमा परेका थिए कोइराला!

यो पहिलोपटक होइन जब शशांक कोइराला गुट्खा चपाउने बानीका कारण विवादमा तानिएका छन्। गत साउन ७ गते प्रतिनिधिसभा बैठक चलिरहेको बेला उनले गुट्खा निकालेर मुखमा हालेपछि चर्को आलोचना खेप्नुपरेको थियो। त्यसअघि पनि ०७८ पुस ६ गतेको बैठकमा गुट्खा खाएको भिडियो भाइरल भएको थियो।

अब प्रश्न उठ्छ— नेताले यस्तो सार्वजनिक स्थलमा यस्ता क्रियाकलाप गर्दा गलत सन्देश जान्छ कि यो निजी मामिला मात्र हो? 

 

शशांक कोइराला नेपाली काँग्रेस