भोलिको संसद् बैठकमा अनिवार्य उपस्थिती हुन सांसदहरूलाई एमालेको 'ह्विप' जारी

काठमाडौं – नेकपा एमालेले भोलि (बुधबार) हुने संसद बैठकमा आफ्ना सांसदहरूलाई अनिवार्य उपस्थितिका लागि ह्विप जारी गरेको छ।
बुधबार दिउँसो १ बजे सुरु हुने बैठकमा अध्यादेशहरू पारित गर्नका लागि एमाले सांसदहरूलाई उपस्थित हुन निर्देशन दिइएको हो। सरकारले भूमि सम्बन्धी बाहेकका ६ अध्यादेश संसदमा पेश गर्दैछ, र ती पारित गर्नका लागि एमालेको ह्विप जारी गरिएको जानकारी प्राप्त भएको छ।
यसैबीच, नेपाली कांग्रेस ले पनि आफ्ना सांसदहरूलाई भोलिको बैठकमा अनिवार्य उपस्थित हुन आदेश जारी गरेको छ। भूमि अध्यादेशको विरोध गर्दै जसपा नेपाल र लोसपा पार्टीले त्यसलाई रोक्न पहल गरेका छन्, जसको कारण सरकारले यसलाई पछाडि सारेर अन्य अध्यादेशहरूको पारित प्रक्रियामा अघि बढ्ने तयारी गरेको छ।
अब संसदको बैठकमा के परिणाम आउँछ र यी अध्यादेशहरू पारित हुन्छन् कि छैनन्, हेर्न बाँकी छ!