एमालेको भजन गाउन नथाक्ने राम प्रसाद रिजालको विवादास्पद च्याप्लुसी! सामाजिक सञ्जालमा भाइरल बन्ने होड

काठमाडौं- एमालेले कुनै पद नदिएको, नेताहरूले खासै वास्ता नगरेका तर मिडियामा एमालेको भजन गाउन नथाक्ने पात्र हुन् राम प्रसाद रिजाल। टिभी क्यामेरासामु पुग्नासाथ उनी पार्टीको गुणगान गाउन थालिहाल्छन्। न कुनै ठोस जिम्मेवारी छ, न कुनै प्रभावशाली भूमिका, तर हरेक बहसमा एमालेको बचाउ गर्न उनी अग्रमोर्चामा हुन्छन्।
नेपाल आजको विशेष बहसमा पनि रिजालले एमाले नेतासँगै दुईदलीय गठबन्धनको तारिफ गर्न कुनै कसर बाँकी राखेनन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उनका लागि शत्रुजस्तै देखिन्छ। उनी अन्तर्वार्तामा बालेन शाह र हर्क साम्पाङको आलोचना नगरी बस्नै सक्दैनन्। जब बोल्न दिन्छन्, उनी एकपछि अर्को विवादित टिप्पणी गरेर भाइरल हुन खोज्छन्।
तर सामाजिक सञ्जालमा हेर्ने हो भने, उनी जसको स्तुति गाउने गर्छन्, ती नेताहरू र पार्टीले जति आलोचना खेपेका छन्, त्यति अरूले पाएका छैनन्। आमजनता चुकेका नेताहरूको च्याप्लुसी गर्ने रिजालको प्रवृत्तिबाट दिक्क छन्।
जनता दुईतिहाइ सरकारले ल्याएको अध्यादेशको विरोध गरिरहेका बेला रिजाल भने ढुक्क छन्। उनी गर्वसाथ घोषणा गर्छन्, "अध्यादेश जसरी पनि पारित हुन्छ! सरकार हाम्रो हो, बहुमत हाम्रो हो!" तर उनलाई थाहा छैन कि विभिन्न पार्टीका नेताहरू र नागरिकहरू सत्तारुढको यस निर्णयलाई अस्वीकार गर्दैछन्।
रिजाल भने अध्यादेश जनताको हितमा रहेको जिकिर गर्छन्। एमालेबाट कुनै जिम्मेवारी नपाए पनि उनी आशावादी छन्, "एक दिन पद पक्कै आउँछ!" सर्वाधिक रोचक त के छ भने, प्रधानमन्त्रीलाई "बा" भनेर सम्बोधन गर्ने रिजालका लागि सायद पदभन्दा ठूलो कुरा "बा"को आशिर्वाद नै हो। एमालेले नटेरे पनि, उनी भने च्याप्लुसीमै मख्ख छन्!