अपराध सुरक्षा

तीन वर्ष जेल हुने ऐन छ! तर मेट्रोन छन् बिनालाइसेन्स, किन मौन छ परिषद्?

नेपाल मेडिकल कलेजमा बढ्दो विवाद: लाइसेन्सविहीन मेट्रोन, तनावग्रस्त कर्मचारी र टिकटक बनाउँदै निर्देशक

तीन वर्ष जेल हुने ऐन छ! तर मेट्रोन छन् बिनालाइसेन्स, किन मौन छ परिषद्?

काठमाडौं — विगत केही हप्तादेखि विवाद र आलोचनाको केन्द्रमा रहेको नेपाल मेडिकल कलेज टीचिङ्ग अस्पतालमा अहिले एक किसिमको सन्नाटा र असहज वातावरण फैलिएको छ। एकताका दैनिक १५०० भन्दा बढी बिरामी आउने यो अस्पतालमा पछिल्लो समय व्यवस्थापकीय कमजोरीका कारण दैनिक बिरामी संख्या २५० सम्म झरेको तथ्य सार्वजनिक भएसँगै संस्थाको आन्तरिक व्यवस्थापन प्रणाली गम्भीर प्रश्नको घेरामा परेको छ।

अस्पतालका कर्मचारीहरूले नेपाल मेडिकल कलेज प्रशासनले पछिल्ला समाचारहरू प्रकाशित गरेको ‘नेपाल आज डटकम’लाई इन्टरनेट नेटवर्कमै ब्लक गरेको बताएका छन्। एक कर्मचारीले नाम नखुलाउने सर्तमा भने, “सत्य समाचार जान्न नदिन हाम्रै अस्पतालको नेटवर्कमा नेपाल आज ब्लक गरिएको छ। हामी मोबाइल डाटा किनेर भए पनि समाचार पढ्न बाध्य भएका छौं।” यस्ता व्यवहारले कर्मचारीहरूबीच व्यवस्थापनप्रतिको असन्तुष्टि झनै बढाएको छ।

यसबीच, अस्पतालकी मेट्रोन नविना सिंहको योग्यता र पेशागत मान्यताको विषयले थप गम्भीरता पाएको छ। नविना सिंहले भारतको देहरादूनबाट मास्टर्स इन नर्सिङ गरेकी भए पनि नेपालमा सो डिग्रीलाई मान्यता दिन आवश्यक ‘इक्विभ्यालेन्स सर्टिफिकेट’ नलिएको खुलेको छ। नेपाल नर्सिङ परिषद् ऐन, २०५२ को दफा २० अनुसार नेपालमा आधिकारिक रूपमा दर्ता भएका नर्सिङ व्यवसायीहरूले मात्र नर्सिङ पेशा सञ्चालन गर्न पाउने व्यवस्था छ। सोही ऐनको दफा २९ अनुसार, बिना लाइसेन्स नर्सिङ पेशामा संलग्न हुनुलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुने गम्भीर कानुनी अपराधका रूपमा लिइएको छ। यस्तो अवस्थामा आधिकारिक प्रमाणीकरण बिना काम गराउनु आफैंमा कानुनी र नैतिक प्रश्न हो।


 

कर्मचारीहरूले नविना सिंहको नेतृत्व शैलीका कारण संस्थामा डर र असहजता बढेको गुनासो पनि गरेका छन्। केही कर्मचारीका अनुसार, सिंहले आफ्नो मातहतका कर्मचारीहरूमाथि कठोर व्यवहार गर्ने गरेको र यसका कारण कर्मचारीहरूको मनोबल निरन्तर खस्किरहेको छ। साथै, अस्पतालभित्र पछिल्लो समयमा व्यक्तिगत आलोचना र प्रशासनिक कमजोरीबारे खुलेर कुरा गर्ने प्रचलन समेत बढेको छ।

यसैबीच, अस्पतालका निर्देशक डा. नीलमणि उपाध्याय भने अस्पतालको व्यवस्थापकीय संकट र तनाव व्यवस्थापनका लागि सामाजिक सञ्जाल टिकटकमा रमाइरहेको देखिन्छन्। उनले आफ्नो टिकटकमा हालै पोस्ट गरेका भिडियोहरू पनि कर्मचारीहरू माझ व्यापक चर्चामा छन्।


उनीद्वारा पोस्ट गरिएको एउटा भिडियोमा हिन्दी गीत प्रयोग गरिएको छ:

(आजकल तेरे मेरे प्यार के चर्चे हर ज़बान पर
सबको मालूम है और सबको खबर हो गई)

(टिकटक लिङ्क)


अर्को भिडियोमा अंग्रेजी भाषामा यस्तो उल्लेख छ:

“What to expect when dating a 60-year-old man.
Dating a 60-year-old man can be a beautiful experience, one filled with depth, maturity and real connection. At this stage in life, he knows who he is. He's not playing games. He values honesty, loyalty and quality time over flashy gestures. You can expect meaningful conversations, thoughtful gestures and a steady presence. He's likely been through love, loss and growth. And he's learned to cherish the simple, important things. But remember, he may carry emotional history too. Patience, respect and open communication are key. If you're looking for something real, dating a 60-year-old man could offer you the most sincere and emotionally fulfilling relationship of your life. Because love doesn't have an age limit. It just gets wiser.”

(टिकटक लिङ्क)


 

एक वरिष्ठ कर्मचारीले भने, “व्यवस्थापनले समस्या समाधानको बाटो खोज्नुको सट्टा मनोरञ्जनमा बढी रमाउनु नै अहिले अस्पतालको वास्तविक अवस्था बनेको छ। बिरामी घट्दैछन्, संस्थाको छवि बिग्रँदै छ, तर निर्देशक टिकटकमा व्यस्त हुनु हाम्रो दुर्भाग्य हो।”

नेपाल मेडिकल कलेजले तत्काल संस्थागत जवाफदेहिता सुनिश्चित गर्नु, नर्सिङ्ग काउन्सिलको नियमन पालना गर्नु र कानुनी मापदण्ड विपरीतको गतिविधिमा संलग्नता रोक्नु अत्यन्त जरूरी देखिएको छ। बिना उचित प्रमाणपत्र स्वास्थ्य पेशामा संलग्न हुनु कानुनी अपराध मात्र नभई जनस्वास्थ्यप्रतिको संवेदनशीलता र जिम्मेवारीको गम्भीर उल्लङ्घन समेत हो।

यो अवस्थाले अस्पताललाई दीर्घकालीन रूपमा गहिरो कानुनी, नैतिक र आर्थिक संकटतर्फ धकेल्न सक्ने भएकाले जिम्मेवार निकायको तुरुन्तै हस्तक्षेप आवश्यक छ। नेपाल आजले सम्बन्धित पक्षहरूको आधिकारिक प्रतिक्रिया र छानबिनलाई स्वागत गर्दै, सार्वजनिक चासो र जिम्मेवार पत्रकारिताको धर्मलाई निरन्तरता दिने प्रतिबद्धता पुनः व्यक्त गर्दछ।


थप समाचार हेर्न यहाँ क्लिक गर्नुहोस 

नेपाल मेडिकल कलेज