नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आइतबार सानेपामा बस्ने

नेपाली कांग्रेसले आफ्नो केन्द्रीय कार्यसमिति बैठक यही असोज २६ गते (आइतबार) दिउँसो १ बजेका लागि बोलाएको छ। मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक पार्टीको केन्द्रीय कार्यालय, सानेपामा बस्नेछ।
बैठकमा सहभागी हुन पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित सदस्यहरूलाई उपस्थितिका लागि औपचारिक अनुरोध गरिएको छ। पौडेलले यस बैठकलाई पार्टीभित्र हालैका राजनीतिक घटनाक्रमबारे छलफल गर्ने अवसरका रूपमा लिएको स्पष्ट पारेका छन्।
जेन–जेड आन्दोलनपछि मुलुकको राजनीतिक सन्दर्भमा कांग्रेसमाथि पनि दबाब बढेको छ। यस्तो अवस्थामा बस्न लागेको बैठकले कांग्रेसले आगामी रणनीति कस्तो लिन्छ भन्ने संकेत गर्ने अपेक्षा गरिएको छ।
देशको बदलिँदो परिस्थिति र आन्तरिक दबाबबीच हुने यो बैठकले पार्टीभित्रको धारणा स्पष्ट पार्दै निकट भविष्यको राजनीतिक समीकरणमा कांग्रेसले के भूमिका खेल्ने हो भन्नेबारे महत्वपूर्ण सन्देश दिनेछ।