राजनीति

जेनजी आन्दोलनपछि एमाले सचिवालय बैठक आज ओली निवासमा बस्ने!

जेनजी आन्दोलनपछि एमाले सचिवालय बैठक आज ओली निवासमा बस्ने!

नेकपा एमालेले जेनजी आन्दोलनपश्चात पहिलो पटक सचिवालय बैठक बस्ने भएको छ। पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठक आइतबार दिउँसो १ बजे अध्यक्ष केपी शर्मा ओलीको भक्तपुर, गुण्डुस्थित निवासमा आह्वान गरिएको हो।

गौतमले जानकारी दिएअनुसार बैठकमा जेनजी प्रदर्शनपछि देशभर उब्जिएको राजनीतिक परिस्थिति र त्यसले ल्याएको चुनौतीबारे विस्तृत छलफल हुनेछ। साथै बैठकले पार्टीको आगामी रणनीति र कार्यदिशा तय गर्ने अपेक्षा गरिएको छ।

राजनीतिक अस्थिरता र आन्दोलनपश्चात बनेको नयाँ समीकरणबीच एमालेको यो बैठक विशेष महत्वको रूपमा हेरिएको छ। यसबाट पार्टीको नीतिगत र राजनीतिक मार्गचित्र कस्तो आउने हो भन्नेप्रति सरोकारवालाको ध्यान केन्द्रित भएको छ।