पहिलो खेलमा जित निकालेको नेपाल आज वेस्ट इन्डिजसँग दोस्रो भिडन्तमा!

नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज राति वेस्ट इन्डिजसँग दोस्रो टी–२० अन्तर्राष्ट्रिय खेल खेल्न लागेको छ। नेपाली समय अनुसार खेल राति ८:१५ बजे दुबईको सारजहा क्रिकेट मैदानमा सुरु हुनेछ।
शनिबार भएको पहिलो खेलमा नेपालले वेस्ट इन्डिजलाई १९ रनले पराजित गर्दै ऐतिहासिक जित निकालेको थियो। सो उपलब्धिले सिरिजमा अग्रता लिएको नेपाल दोस्रो खेलमा आत्मविश्वासका साथ मैदान उत्रिने अपेक्षा गरिएको छ।
टीमका कप्तान रोहितकुमार पौडेलको नेतृत्वमा उपकप्तान दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदील आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित नारायण राजवंशी, गुलशन झा, सोमपाल कामी र साहब आलम टोलीमा रहेका छन्।
तीन खेलको सिरिजअन्तर्गत तेस्रो र अन्तिम खेल मंगलबार हुनेछ। नेपालले पहिलो जितलाई निरन्तरता दिन सके यसलाई विश्व क्रिकेटमा नयाँ उपलब्धि साबित गर्ने अवसरका रूपमा हेरिएको छ।