एसिया कप २०२५ : पाकिस्तानलाई पाँच विकेटले हराउँदै भारत च्याम्पियन

एसिया कपको फाइनलमा भारतले पाकिस्तानलाई पाँच विकेटले पराजित गर्दै उपाधि आफ्नो कब्जामा लिएको छ। गएराति संयुक्त अरब इमिरेट्समा सम्पन्न खेलमा पाकिस्तानले दिएको १४७ रनको लक्ष्य भारतले १९ ओभर चार बलमा पाँच विकेट गुमाउँदै पूरा गरेको हो।
टस जितेर पहिले ब्याटिङमा आएको पाकिस्तानले आक्रामक सुरुवात गरे पनि मध्यम र पछिल्लो क्रमका ब्याटरहरू टिक्न नसक्दा १९ ओभर एक बलमै सबै विकेट गुमाएर १४६ रनमा समेटिएको थियो।
भारतको जितमा तिलक बर्माको उत्कृष्ट प्रदर्शन निर्णायक रह्यो। उनले ५३ बलमा नटआउट ६९ रन बनाएर टोलीलाई जितसम्म पुर्याए। उनका शान्त तर आक्रामक प्रहारहरूले दबाबमा परेको भारतीय पारीलाई स्थिरता दिलायो।
पाकिस्तानले केही समयमा बलिङमार्फत खेलमा फर्किने अवसर पाए पनि भारतीय ब्याट्सम्यानहरूको धैर्यपूर्ण रणनीतिले अन्तिमतिर जीत सहज बनायो। यो नतिजाले भारतलाई एसिया कपमा फेरि एकपटक बलियो दावेदारका रूपमा स्थापित गरेको छ, जसले आगामी अन्तर्राष्ट्रिय क्रिकेट प्रतिस्पर्धामा टोलीको आत्मविश्वास थप मजबुत पार्ने देखिन्छ।