समाचार राजनीति

बर्खाले रोकेको प्रचण्डको लोकमार्ग अभियान फेरि शुरु, सत्ता समीकरणमै हलचल गर्ने तयारी?

बर्खाले रोकेको प्रचण्डको लोकमार्ग अभियान फेरि शुरु, सत्ता समीकरणमै हलचल गर्ने तयारी?

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थगित गरिएको मध्यपहाडी लोकमार्ग (पुष्पलाल लोकमार्ग) अभियान पुनः सुरु गर्न लागेका छन्। उहाँ पोखरा पुगेर जेठ २ गते बैतडीको पाटनबाट सुरु भएको अभियानलाई शनिबार पोखराबाट अघि बढाउने तयारीमा हुनुहुन्छ।

यो अभियान जेठ १२ गते पोखरामा बर्खाको कारण स्थगित गरिएको थियो। पार्टी स्थायी समिति बैठकले साउन १६ र १७ गते बाँकी जिल्लामा भदौ २१ देखि अभियान निरन्तरता दिने निर्णय गरेको थियो।

प्रचण्डको अभियानले पार्टीको संगठनात्मक संरचना र राजनीतिक सन्देशलाई सडक र जनस्तरसम्म पु¥याउने उद्देश्य बोकेको देखिन्छ, जसको परिणाम अबका राजनीतिक समीकरणमा कसरी प्रतिविम्बित हुन्छ भन्ने चासो बढेको छ।