समाचार राजनीति

मनाङ उपनिर्वाचनमा उम्मेदवार तोक्ने अधिकार देउवालाई! कांग्रेसभित्रै नयाँ शक्ति खेल?

मनाङ उपनिर्वाचनमा उम्मेदवार तोक्ने अधिकार देउवालाई! कांग्रेसभित्रै नयाँ शक्ति खेल?

नेपाली कांग्रेसले मनाङमा हुने उपनिर्वाचनका लागि उम्मेदवार चयन गर्ने अधिकार पार्टी सभापति शेरबहादुर देउवालाई दिएको छ। आइतबार बुढानिलकण्ठस्थित देउवाको निजी निवासमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यो निर्णय गरेको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो।

आगामी कात्तिक १७ गते हुने प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ अन्तर्गतको प्रदेशसभा सदस्यको उपनिर्वाचनमा सहभागी हुने प्रयोजनका लागि दललाई निर्वाचन आयोगमा दर्ता गराउने निर्णय समेत बैठकले गरेको छ। पौडेलका अनुसार उम्मेदवारलाई आधिकारिक पत्र प्रदान गर्ने जिम्मेवारी पनि सभापति देउवालाई नै दिइने छ।

संविधानको धारा २७१ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ अनुसार आयोगमा दल दर्ता गर्ने कानुनी प्रक्रिया पूरा गर्ने काम मुख्य सचिव पौडेललाई तोकिएको छ।

मनाङ उपनिर्वाचन कांग्रेसका लागि परीक्षणको मैदान बन्ने देखिन्छ, जहाँ उम्मेदवार चयनको देउवा नेतृत्वको निर्णयले आगामी राजनीतिक समीकरणमा सन्देश दिने अपेक्षा गरिएको छ।