समाचार राजनीति

काठमाडौंबाट नयाँ शक्ति उदाउँदै! बालेन साह प्रधानमन्त्री बन्ने सम्भावना बलियो!

काठमाडौंबाट नयाँ शक्ति उदाउँदै! बालेन साह प्रधानमन्त्री बन्ने सम्भावना बलियो!

काठमाडौंसहित देशका विभिन्न क्षेत्रमा जारी जेन-जीआन्दोलनले मुलुकको राजनीतिक स्थायित्वमा गहिरो असर पार्दै सत्ता समीकरणबारे नयाँ बहसलाई तीव्र बनाएको छ। सामाजिक सञ्जाल प्रतिबन्ध, प्रहरी दमन र १९ जनाको ज्यान जाने घटनापछि सरकारविरुद्ध आक्रोशित प्रदर्शनहरू जारी रहँदा, काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)को सम्भावित प्रधानमन्त्रीत्वबारे राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ।

विशेष गरी युवा पुस्ताले बालेनलाई राजनीतिक विकल्पको रूपमा प्रस्तुत गरिरहेका छन्। विश्लेषकहरूका अनुसार, प्रधानमन्त्री केपी शर्मा ओलीप्रति बढ्दो असन्तुष्टि, प्रमुख विपक्षी दलका नेताहरूप्रति अविश्वास, र आन्दोलनले सिर्जना गरेको दवावले वैकल्पिक नेतृत्वबारे बहसलाई थप चर्काएको हो।

यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले संसदबाट सामूहिक राजीनामा दिने तयारी अन्तिम चरणमा पुगेको बताइएको छ। राजनीतिक स्रोतहरूका अनुसार, यदि रास्वपा, स्वतन्त्र सांसदहरू र प्रदर्शनकारी पक्षबीच सहमति बनेमा अन्तरिम सरकार गठनको प्रस्ताव राजनीतिक छलफलको एक विकल्पका रूपमा अघि आएको छ, जसको नेतृत्व बालेन्द्र साहले गर्न सक्ने सम्भावना पनि बहसमा समावेश छ।

काठमाडौंमा कर्फ्यू जारी छ, संसद क्षेत्र, सिंहदरबार र संवेदनशील स्थानहरूमा कडा सुरक्षा व्यवस्था गरिएको छ। प्रदर्शनकारीहरू भने सामाजिक सञ्जाल र सडक दुवै मोर्चामा सक्रिय रहँदै आफ्ना मागमा अडिग देखिएका छन्।

नेपालको राजनीतिक परिदृश्य अहिले निर्णायक मोडमा पुगेको छ। जेनजेड आन्दोलन, सम्भावित अन्तरिम सरकार, र बालेन्द्र साहको सम्भावित नेतृत्वबारे सुरु भएको बहसले आगामी दिनमा मुलुकको शक्ति समीकरणमा गहिरो परिवर्तन ल्याउने संकेत दिएको छ।