समाचार

हेटौडामा चिनियाँ नागरिक ले १८ बर्से किशोरीलाई हातपात गरेपछि

हेटौडामा चिनियाँ नागरिक ले १८ बर्से किशोरीलाई हातपात गरेपछि

हेटौंडा : नेपाली सेनाले निर्माण गर्दैगरेको फास्ट ट्रयाक साइटमा चिनियाँ नागरिकले १८ वर्षीया किशोरी फलमाया लुड्बामाथि हातपात गरेका छन्।

मकवानपुरको बकैया गाउँपालिका घट्टेपास्वास्थित चिनियाँ क्याम्पमा खाना पकाउने किशोरीलाई चिनियाँले कुटेका हुन्।

प्रहरीका अनुसार चिनियाँ नागरिक ५१ वर्षीय था काई युनले किशोरीलाई हातपात गरेका हुन्।

प्रहरीले युनलाई पक्राउ गरेर कारबाही नगरेको झोकमा किशोरीका आफन्त र स्थानीयले समेत चिनियाँ नागरिक युन विरुद्ध प्रतिकार गरिरहेका छन्।

चिनियाँ नागरिक कारबाही बाट बच्न अर्थोपेडिक अस्पताल हेटौंडामा उपचार गराइरहेका छन् ।

घटनाबारे थप जानकारी प्रहरीले दिएको छैन।

किशोरीका आफन्तहरूका अनुसार प्रहरीले मेलमिलाप गराएर केसलाई टुंग्याउने मनस्थितिमा छ।

चिनियाँ दादागिरी