रास्वपाको पोखराबाट काठमाडौँमा प्रदर्शन सार्ने निर्णय, पोखरामा देखियो बेमौसमी दृश्य
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (RSP) ले पोखरामा जनसमर्थनको कमी देखिएपछि आफ्नो प्रदर्शनलाई काठमाडौँमा केन्द्रित गर्ने निर्णय गरेको छ। पार्टीका कार्यकर्ताहरूको असंवेदनशील व्यवहारले पोखरामा आयोजना गरिएको विरोध प्रदर्शनले अपेक्षित समर्थन पाउन सकेन।
पोखरामा आयोजित विरोध कार्यक्रममा उपस्थित भएका कार्यकर्ताहरूले आन्दोलनलाई गम्भीर रूपमा नलिएको जस्तो देखिएको थियो। केही कार्यकर्ताहरू हाँस्दै, अरू हात समातेर हिँड्दै, र प्रेमप्रदर्शन गर्दै देखिएका थिए। कतिपय कार्यकर्ताहरूको अनैतिक क्रियाकलापका कारण आन्दोलनले लक्षित उद्देश्य प्राप्त गर्न नसकेको भनी जनसमर्थनको अभावले पुष्टि गरेको छ।
जनआस्था अनलाइनले पोखरामा आन्दोलनको समयमा अस्वाभाविक गतिविधिहरू देखिएको बताएको छ। जनआस्थाको रिपोर्टअनुसार पोखरामा आन्दोलनको क्रममा कन्डमको बिक्रीमा उच्च वृद्धि भएको उल्लेख गरिएको छ।
यो घटनापछि राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो विरोध कार्यक्रमलाई पोखराबाट हटाएर काठमाडौँमा प्रदर्शन गर्ने योजना बनाएको छ। पार्टीका उच्च नेतृत्वले पोखराको प्रदर्शनलाई "विफलता" को रूपमा व्याख्या गर्दै अब काठमाडौँमा थप जनसमर्थन जुटाउने प्रयास गरिरहेको छ। आगामी कात्तिक ९ गते दिउँसो १ बजे माईतीघर मण्डलामा प्रदर्शनको आयोजना गरिएको छ, जहाँ उनीहरूले "राजनीतिक प्रतिशोध विरुद्धको एक्यवद्धता" देखाउने लक्ष्य राखेका छन्।
पार्टीका अध्यक्ष रवि लामिछाने अहिले पनि हिरासतमा रहेका कारण प्रदर्शनको नेतृत्व अन्य प्रमुख नेताहरूले गर्नेछन्। लामिछानेलाई कास्की जिल्ला अदालतले थप अनुसन्धानका लागि कात्तिक १४ गतेसम्म हिरासतमा राख्ने अनुमति दिएको छ।