समाचार

बालेनको अर्को "उदण्डता" : आफ्नै आदेश कार्यान्वयन गर्दा कर्मचारीलाई कारबाही सिफारिस!

बालेनको अर्को "उदण्डता" : आफ्नै आदेश कार्यान्वयन गर्दा कर्मचारीलाई कारबाही सिफारिस!

काठमाडौं महानगरका मेयर बालेन्द्र साह 'बालेन'ले फेरि एक पटक आफूलाई विवादको केन्द्रमा ल्याएका छन्। "बालेनलाई हिस्ट्रोनिक पर्सनालिटी डिसअर्डर (HPD) भएको हो कि?" भन्दै चर्चा भइरहेको छ। कहिले सिंहदरबार जलाउने धम्की, कहिले सडक विभागअगाडि फोहोर थुपार्ने, त कहिले मदिरा सेवन गरेर सार्वजनिक कार्यक्रममा देखिने—बालेनका यस्ता गतिविधिले उनलाई विवादित बनाउँदै आएको छ।

आफ्नै निर्णय कार्यान्वयन गर्दा प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस!

भर्खरै बालेनले पुरानो बसपार्कमा निर्माणाधीन बहूतले भवनको विषयमा दिएको आदेश कार्यान्वयन गरेकै कारण प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कारबाही गर्न सिफारिस गरेका छन्।

२०८० कात्तिक १ गते जलेश्वर स्वच्छन्द विकोई विल्डर्स प्रालिले भवन निर्माणका लागि नक्सा पास र म्याद थपका लागि महानगरमा निवेदन दियो। बालेनले पाँच पन्ने टिप्पणी तयार गरी ५ लाख जरिवाना तोकेर हस्ताक्षर गरेका थिए। तर, यही आदेश कार्यान्वयन गर्दा प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाहीको सिफारिस गर्नुले महानगरभित्र त्रासको वातावरण सिर्जना गरेको छ।

"बालेनका सल्लाहकार र विज्ञको खेल?"

महानगरका ठूला आयोजना र रकमको कारोबार सल्लाहकार र विज्ञले नियन्त्रण गर्ने आरोप लागेको छ। होटल हिल्टनजस्ता ठूला तर विवादास्पद आयोजनामा बालेनका सल्लाहकारहरूको रुचि रहेको बताइन्छ।

हालै, सल्लाहकार सन्तोष पाण्डे, आइटी विज्ञ सुदीप ढकाल, र वडा नम्बर ५ का वडाध्यक्ष वीरेंद्र प्रजापतिले निजी साझेदारी इकाईबाट महत्वपूर्ण कागजात झिकेर लगेको भनाइले स्थिति झनै पेचिलो बनाएको छ।

कर्मचारी असन्तुष्ट, महानगर अन्योलमा

महानगरका कर्मचारीहरू आफ्नो काम गर्ने स्पष्टता नपाएर अन्योलमा छन्। "बालेनले हस्ताक्षर गरिसकेपछि पनि निर्णय कार्यान्वयन गर्दा हामीले कारबाही भोग्नुपर्छ भने, के गर्ने?" महानगरका एक वडाध्यक्षको प्रश्न छ।

बालेनको शैली : विवादको अर्को अध्याय

बालेनका यस्ता गतिविधिले उनी मेयर भन्दा पनि विवाद खडा गर्ने पात्रको रूपमा चित्रित भइरहेका छन्। यो प्रकरणले काठमाडौं महानगरमा उनको नेतृत्वलाई थप आलोचनाको केन्द्र बनाएको छ।

अबको प्रश्न : बालेनले आफैंले तोकेको नियमको पालना नगर्ने हो भने, महानगर कसरी सञ्चालन हुन्छ?

बालेन्द्र शाह महानगरपालिकामा महाभ्रष्टाचार