कभर स्टोरी

प्रवेश परीक्षाको प्रस्नपत्र बाहिरियाउने गिरोह सक्रिय, नेमका नबिन नेपाल आए

एमडी/एमयस प्रवेश परीक्षामा दलालहरूको बिगबिगी!

प्रवेश परीक्षाको प्रस्नपत्र बाहिरियाउने गिरोह सक्रिय, नेमका नबिन नेपाल आए

चिकित्सा शिक्षा आयोगले यही माघ २०, २१, २२ गते एमडी/एमयस लगायत बिभिन्न संकाया का प्रवेश परीक्षा सञ्चालन गर्दै छ। बिभिन्न सङ्कायमा करिब १२ हजार हाराहारीमा विद्यार्थीहरूले सहभागिता जनाउने छन्।

परीक्षा नजिकिँदै जादा प्रवेश परीक्षा पास गराइदिने प्रलोभन देखाउदै बिभिन्न दलालहरूले पनि आफ्नो सक्रियता बढाएका छन्। ती मध्ये एक हुन डा कर्णदेव झा। उनले प्याराडाइज कोचिङ सेन्टर सञ्चालन गर्छन र आफू कलेज अफ मेडिकल साइन्सेज भरतपुर बाट एमबिबिएस पास गरेको बताउँछन्। प्याराडाइजको शाखा ललितपुरको कुपन्डोल र सातदोबाटोमा छ।

सातदोबाटोमा रहेको कोचिङ सेन्टरमा गएको आइतबार गज्जबको घटना घट्यो। झाको भान्जा पर्ने एक व्यक्ति विद्यार्थीहरूसँग गफ गरिरहेका थिए। उनी आफ्नो घर राजविराज रहेको र विराटनगरमा एमबिबिएस गर्दै गरेको बाताउछन। उनीहरु विद्यार्थीहरूलाई लाइब्रेरीमा प्रवेश परीक्षा तयारीको बहानामा बोलाएर प्रतेक सँग ६०/७० लाख रुपैयाँको मोलमालाई गर्छन। उनीहरूले सम्पर्क को लागि व्हाट्सएप नम्बर पनि दिन्छन्। +९१९६११६४५८८५ र +९१७७६३०४२४९१ उनले दिएको नम्बरमा हो जसको व्हाट्सएपमा नाम अमिर खान देखाउँछ।

झाका भान्जाले विद्यार्थीहरूलाई वर्षौ देखि प्रवेश परीक्षा पास गराउँदै आएको बताए। उनको अनुसार प्रश्न पत्रहरू पहिले नै प्राप्त गर्ने गरेको र एक दिन अगाडि राति मात्र विद्यार्थीलाई पढाउने गरिन्छ। त्यसै क्रममा एक जना दलाल आइपुगे र भने ' मैले मेरो एक जना साथी पर्ने दिदी र भाइको भर्ना गराइसके।' करिब आधा घण्टामा अर्को दलालको ग्रुप पनि आइपुग्यो। त्यस समुहका केही व्यक्तिले आफूहरू नेपाल मेडिकल एशोसिएसनका केही मान्छेहरू चिनेको र तिनीहरूले नै डा अञ्जली कुमार झालाई प्रमुखको नियुक्ति दिलाएको हुनाले यसपालि १००% प्रवेश परीक्षामा पास गराउने दाबी गरे। एक व्यक्तिले थपे, ''यसपालि नै अन्तिम हो यसपछि फेरि फेरि यस्तो काम न हुन नी सक्छ।' त्यसपछि श्रोतको अनुसार सातदोबाटो नजिकै रहेको कर्णदेव झाको घरमा केही विद्यार्थीहरूसँग डिल भयो।

श्रोतका अनुसार कर्णदेवलेनेपाली विद्यार्थीहरूसँग आफ्नो कोचिङ सेन्टरमा र भारतीय विद्यार्थीहरू सँग भारतको सितामडिमा मोलमालाई गर्ने गर्छन। उनको नाता पर्ने डा सुनिल कुमार मार्फत सितामडिमा एक अस्पताल मा पैसा राख्ने गरिन्छ।

चिकित्सा शिक्षा आयोगमा निर्देशकहरूको नियुक्ति हुन लागेको छ। श्रोत का अनुसार नियुक्ति भएर आउने नयाँ निर्देशकहरू आएपछि चलखेल गर्न गार्हो हुने भएकोको डा अन्जनीले नै केहीव्यक्ति परिचालन गरि मुद्दा दर्ता गराई प्रक्रिया रोकेका छन्। अन्ज्निले परीक्षा कमिटीको अध्यक्ष आफ्नो खास मान्छे बनाएका छन्। गिरोहले चलखेल गरेर मुद्दाको पेसी महिनौँ सार्ने गरिन्छ। अदालतले नियुक्ति प्रक्रिया रोक्न नभने पनि यसैलाई बहाना बनाएर रोकिएको छ। 

दलालहरूले डा अन्जनी झा को पुरानो घर महोत्तरी तथा भक्तपुर एसओएस स्कुल नजिकै को कुनै घरमा पटक पटक गरेर करोडौं बुझाएको दाबी गर्छन। चलखेल गर्न अमेरिकी नागरिक रहेका नेम कोचिङ सेन्टरका मालिक डा नवीन शर्मा पनि नेपाल आएका छन्।परीक्षा नजिकिए पछि उनी नेपाल आउने गर्छन। २०१४ मा पनि शर्मा र बाराका डा प्रभात कुशुवाले प्रश्नपत्र बाहिर निकालेको समाचार बाहिरिएको थियो। त्यस लगत्तै उनी अमेरिका हानिए।
 

चिकित्सा शिक्षा आयोग डा नवीन शर्मा प्रा.डा. अन्जनी कुमार झा