समाचार

'यसलाई देखेर संसारले भारत बदलिरहेछ भन्न थालेको छ'

'यसलाई देखेर संसारले भारत बदलिरहेछ भन्न थालेको छ'

प्रधानमन्त्री नरेन्द्र मोदीले रूसको राजधानी मस्कोमा भारतीय समुदायलाई सम्बोधन गर्दै गत 10 वर्षमा भारतले विकासको गति समातेको बताएका छन्। उनले भने, “यसलाई देखेर संसारले भारत बदलिरहेछ भन्न थालेको छ। तेस्रो कार्यकालमा विकासको यस गतिलाई तीन गुणा बढ़ाउनेछौं।”

प्रधानमन्त्री मोदीले मस्कोमा भारतीय समुदायलाई सम्बोधित गर्दै भारतको हवाई अड्डाहरूको संख्या दोबर बनाउन केवल एक दशक लागेको र 40 हजार किलोमीटरभन्दा अधिक रेलवे लाइनहरूको विद्युतीकरण गर्न केवल एक दशक लागेको बताए। यसबाट संसारलाई हाम्रो देशको क्षमता महसूस हुन्छ र विश्वलाई भारत बदलिरहेको विश्वास हुन्छ।

मोदीले मस्कोमा भारतीय समुदायको तर्फबाट आयोजित कार्यक्रममा भाग लिए। तेस्रो पल्ट प्रधानमन्त्री चुनिएपछि रूसको आफ्नो पहिलो द्विपक्षीय यात्रामा प्रधानमन्त्रीले भारतीय समुदाय सामू आफ्नो सरकारको प्राथमिकता र प्रतिबद्धता बताए। राष्ट्रपति पुतिनको साथ आफ्नो मित्रताको उल्लेख गर्दै उनले भने, “गत 10 वर्षमा म छह पल्ट रूस आएँ र 17 पल्ट राष्ट्रपति पुतिनसित भेटेँ। रूस शब्द सुन्नसाथ हरेक भारतीयको मनमा पहिलो शब्द आउँछ - भारतको सुख-दुःखको साथी, भारतको विश्वासिलो साथी। रूसमा सर्दीको मौसममा तापमान जति नै माइनसमा तल झरेपनि भारत-रूसको मित्रता सदैव प्लसमै रहेको छ, सौहार्दपूर्ण रहेको छ। यो सम्बन्ध आपसी विश्वास र सम्मानको बलियो आधारमाथि बनेको छ। वैश्विक समृद्धिलाई नयाँ ऊर्जा दिन भारत र रूसले काँधमा काँध मिलाएर हिँडिरहेका छन्, यसलाई लिएर म खुशी छु।”

प्रधानमन्त्रीले भने, “हाम्रो सरकार बनेको एक महिना भइसकेको छ। यस पाली सरकारले तीन गुणा क्षमता र गतिको साथ काम गर्नेछ। हाम्रो सरकारको धेरै लक्ष्य तीनसित जोड़िएको छ। हाम्रो सरकारको लक्ष्य भारतलाई तेस्रो सबैभन्दा ठूलो अर्थव्यवस्था बनाउनु हो। आफ्नो तेस्रो कार्यकालमा हामी गरीबहरूका लागि तीन करोड़ घर बनाउनेछौं। ग्रामीण क्षेत्रमा स्वयं सहायता समूहको माध्यमले काम गर्न तीन करोड़ लखपति दिदी बनाउने लक्ष्य छ। आज देशमा विश्वको तेस्रो सबैभन्दा ठूलो स्टार्टअप इको सिस्टम छ। भारत चन्द्रयान मिशन चन्द्रमाको त्यस क्षेत्रमा सफल भएको छ, जहाँसम्म अन्य कुनै देश पुगेको थिएन। भारतले आज जुन लक्ष्य राखेको छ, त्यसलाई पूरा पनि गरिरहेको छ।”

प्रधानमन्त्रीले भारतका युवाहरूको मानसिकतालाई विश्व कप टी20 विजेता टीमको जज्बासित जोड्दै भने, “अब हामी अन्तिम बलसम्म हार मान्नेछैनौं।”

नरेन्द्र मोदी