राजनीति

'प्रधानमंत्री पद जानेछ तर राजनैतिक रुपमा वहाको सबै उपायदेयता सकिने छैन'

'प्रधानमंत्री पद जानेछ तर राजनैतिक रुपमा वहाको सबै उपायदेयता सकिने छैन'

वरिष्ठ पत्रकार विजय कुमार पाण्डेले आफ्नो X.com (पहिलेको ट्विटर) मा गरेको एक पोस्टले अहिले सामाजिक सञ्जालमा चर्चा बटुल्दै छ। उनले भोलि प्रधानमंत्री प्रचण्डले विश्वासको मत प्राप्त नगरेपछि नयाँ प्रधानमंत्री चयनको प्रक्रिया सुरु हुने जानकारी दिएका छन्। 

विजय कुमार पाण्डेले आफ्नो पोस्टमा लेखेका छन्, "नयाँ प्रधानमंत्री पनि, पुरानै मान्छे हुनेछन्। नेपालका कतिपय राजनैतिक, प्रशासनिक र आर्थिक अस्थिरताको बीउ खोज्न अन्त धेरै टाढा जानै पर्दैन। नेपालको संविधानभित्रै, नेपालका कतिपय रोगका कारण लुकेका छन्। अब पनि संविधानको पुनरावलोकन (रिभ्यु) नगर्ने हो भने – नेपालको संविधान २०७२ आफुभित्रै रहेका अन्तरविरोधको भार थाम्न नसकेर भासिने निश्चित छ।"

पाण्डेले यो पनि भनेका छन्, "प्रधानमंत्री पद जानेछ। तर राजनैतिक रुपमा वहाको सबै उपायदेयता सकिने छैन। अब केपी शर्मा ओली र शेरबहादुर देउबाले गहिरो सोच्नु पर्नेछ – उनीहरूले कस्तो सरकार चलाउनेछन्? र, कस्तो संविधान छोडेर जानेछन्?"

विजय कुमार पाण्डेको यो पोस्टले देशभरका राजनैतिक नेताहरुलाई र बृहद समाजलाई सोच्न बाध्य बनाएको छ। उनले सबैलाई संविधानको पुनरावलोकनको आवश्यकता सम्झाएका छन्। 

उनले यो विषयमा १० भागको सिरिज सुरु गर्ने घोषणा पनि गरेका छन्। "थाम्नुहोस् है! Pause! यो सिरिजका लागि म पनि - राजनैतिक प्रकृतिका कार्यक्रम निर्माणप्रति, आफ्नो आलस्य अलि कम गर्ने छु। टीम उत्साहित छ," पाण्डेले भने।