समाचार

के मुकुललाई रबि बिरुद्द चिनियाँहरूले प्रयोग गरेका छन्?

के मुकुललाई रबि बिरुद्द चिनियाँहरूले प्रयोग गरेका छन्?

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका नेता डा. मुकुल ढकालले आफूलाई पार्टी उपसभापति स्वर्णिम वाग्लेको सचिवालयबाट पटक पटक धम्की आएको आरोप लगाएका छन्।

सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, "स्वर्णिम वाग्लेको सचिवालयबाट मलाई पटक पटक फोन गरे, फोन उठाइन। मसँगै बस्ने भाइलाई फोन गरेर 'मुकुललाई कुट्छु, त्यसलाई छोड्दिनु' लगायत अनेक भनेकाले हिजै राति इलाकाको डीएसपीलाई फोन गरेर सुरक्षा व्यवस्था मिलाइदिन आग्रह गरेको छु।"

रास्वपाबाट कारबाहीमा परेपछि ढकालले नेतृत्वको भण्डाफोर गर्दै आएका छन्।

ढकालले हिजै एक टेलिभिजन अन्तर्वार्तामा पार्टी सभापति रवि लामिछाने, उपसभापति वाग्ले, पूर्वमन्त्री तथा नेता शिशिर खनालले नेपाललाई भारतकै राज्य वा भुटानजस्तै बनाइदिन आग्रह गरेको आरोप लगाएका थिए। आफूसमेतको उपस्थितिमा उनीहरूको त्यस्तो आग्रहको पछाडि राजनीतिक स्वार्थ रहेको दाबी गरेका छन्।

साथै, ढकालमाथि चिनियाँहरूको गोटी बनेर रवि लामिछानेको पार्टी फुटाउन प्रयास गरिरहेको आरोप लाग्छ। लामिछानेलाई र स्वर्णिम वाग्लेलाई बदनाम गर्न मुकुललाई प्रयोग गरेको हुनसक्ने जानकारहरु बताउँछन्।