समाचार

उपप्रधानमन्त्री सिंह र भारतीय राजदूतको औपचारिक भेट

उपप्रधानमन्त्री सिंह र भारतीय राजदूतको औपचारिक भेट

काठमाडौं – उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवसँग औपचारिक भेट गरेका छन्।

सिंहको कार्यकक्षमा भएको उक्त भेटमा दुई पक्षबीच आपसी चासो र द्विपक्षीय हितका विभिन्न विषयमा छलफल भएको थियो।

मन्त्रालयका अनुसार, राजदूत श्रीवास्तवले मन्त्री सिंहलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै पारस्परिक सहयोग अभिवृद्धिका लागि भारत सरकार तयार रहेको बताए।

मन्त्री सिंह र राजदूत श्रीवास्तवबीच सहरी विकास, नदी प्रदूषण नियन्त्रण, र फोहरमैला व्यवस्थापनमा भारतले गर्न सक्ने सहयोगबारे छलफल भएको मन्त्रालयका सचिव मणिराम गेलालले जानकारी दिए। साथै, भारत सरकारको सहयोगमा नेपालमा निर्माणाधीन आयोजनाहरूको समीक्षा पनि गरिएको थियो।

दुई देशका सीमा क्षेत्रमा निर्माणाधीन एकीकृत भन्सार जाँच चौकीबारे पनि छलफल भएको सचिव गेलालले बताए।