राजनीति

के मेयर हर्क साम्पाङ्गले महिला पत्रकारको लुगा च्यात्न लगाएका हुन्?

के मेयर हर्क साम्पाङ्गले महिला पत्रकारको लुगा च्यात्न लगाएका हुन्?

२०७८ पुस को विवाद:

क्रिसमस डेको अवसरमा मेयर हर्क साम्पाङले उपमहानगरपालिकाको कार्यालयमै केक काटे, जसले विवाद उत्पन्न गर्यो। उनले भने, “हिजो केक लिएर क्रिश्चियन दाजुभाइ अफिस आउनु भएको थियो। केक काट्न अनुरोध गरे। किन खिन्न बनाइदिनु भनेर केक काटेको मलाई क्रिश्चियन ठानेछन्। धार्मिक सहिष्णुता राखौं।”

तर यो कुरा हुसेनजी लाई मन परेन। उनले मेयर साम्पाङलाई भैंसी काट्न निम्तो दिँदै भने, “म मेरो कुर्बानी पवमा भैंसी लिएर आउँछु। काटेन भने मैले जान्याछु।”

बिबादित गतिबिधि:

मेयर हर्क साम्पाङ धार्मिक सद्भाव सम्बन्धी विभिन्न विवादमा परेका छन्।

- अगस्ट २०२३: गौ हत्या गरेपछि भोज गरेको भिडियो भाइरल भएपछि ठूलो तनाव उत्पन्न भयो। हिन्दू धार्मिक भावनाविरुद्धको उक्साहटको रूपमा हेरिएको यो घटनाले हिन्दू र जनजाति समुदायबीच थप ध्रुवीकरण गरायो।

- मे २०२३: बिजयपुरमा बालगोपाल मन्दिर नजिकै होली ट्रिनिटी बिलिभर्स इस्टर्न चर्चको निर्माणले विवाद गरायो। केही समूहहरूले चर्च अवैध रूपमा निर्माण गरिएको दाबी गरे भने क्रिश्चियन समुदायले आफ्नो स्थानको रक्षा गरे।

मेयर साम्पाङले मुद्दालाई अदालतमा सुम्पे, जसलाई प्रत्यक्ष कार्य नगरेको रूपमा लिइएको थियो। सामाजिक सञ्जालमा मेयर साम्पाङका केही बयानहरूले तनाव बढाएको देखियो, विशेषगरी गौ हत्या विवादको समयमा प्रशासनले हिंसा रोक्न कर्फ्यु घोषणा गरे तापनि गौ हत्या गरेर भोज खाने समूहलाई उनले उक्साएको आरोप लाग्छ।

सामाजिक असमझदारी:

जातीय र धार्मिक असमझदारीका अन्य मुद्दाहरू पनि देखा परेका छन्। कट्टर हिन्दू समूहहरूको परिचालन र गाई वधविरुद्धको र्‍यालीको आयोजना, जसले सम्भावित हिंसा रोक्न धरानमा निषेधाज्ञा जारी गरियो।

शुक्रनीति:

शुक्रनीति अनुसार, “आयु, धन, घरको रहस्य, गुरुमन्त्र, मैथुन, दान, मान, अपमान एवं औषध यी नौ कुरालाई गोप्य राख्नुपर्छ।

तर, मेयर साम्पाङले श्रम दान, धन दान, र सार्वजनिक दान र मानका क्रियाकलापहरू खुलेर गरेका छन्।

उनी श्रम दान गर्छन्। अरुले पनि श्रम दान गर्छन्। श्रम दान गर्न नसक्नेले धन दान गर्छन्। लाखौं रुपैयाँको पेटी झोलामा संकलन हुन्छ। लाग्छ त्यहाँ पैसा गन्नु भन्दा पनि किलो किलोमा जोखिन्छ। उनले नाम भने श्रम संस्कृति पार्क राखेका छन्।

आफुलाई देवताको रूपमा प्रस्तुत गर्दै बुद्धको फोटो जस्तो देखिने आफ़ो फोटो राखेका छन्। आफ्नो नामको सिलापत्र राखेका छन्। पृथ्वी नारायण शाहको दिव्य उपदेश जस्तै हर्क उपदेश को फ्लेक्स राखेका छन्।

श्रम दानमा अनियमितता भयो भनेर नेकपा एमाले नेता महेस बस्नेत ले पनि आरोप लगाएका छन्।

हालैका घटनाक्रम:

धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ) का समर्थकहरूले पत्रकार सञ्जिता धमलालाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्रै कुटपिट गरेका छन्। संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।

सञ्जिताले धरानका मेयर साम्पाङका समर्थकहरूले आफूमाथि कुटपिट गरेको बताएकी छन्। मेयर साम्पाङ र सञ्जिताबीच केही सातायता विवाद चलिरहेको छ, जसमा मेयर साम्पाङले महिलाहरूलाई सञ्जिताविरुद्ध आन्दोलन गर्न उकासेका थिए।

सञ्जिताले अस्पतालमा कुटपिट र लुगा तान्ने प्रयास भएको बताउँदै आफ्नो मोबाइल पनि खोस्ने प्रयास भएको बताइन्। मेयर साम्पाङले पक्राउ परेका महिलाहरू निर्दोष रहेको भन्दै बिनाशर्त रिहा गर्न भनेका छन् र नत्र 'विष्फोट हुने' चेतावनी दिएका छन्। पक्राउ परेका महिलाहरूलाई जिल्ला प्रहरी कार्यालय इनरुवामा राखिएको छ र अनुसन्धान जारी छ।

सञ्जिताले सुरक्षाको माग राख्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएकी छन्।


आलोचकहरु भन्छन्, धरानको मेयर सार्है अराजक भएका छन्। यिनलाई पाप लाग्छ। पक्कै पनि नरक जान्छन्।