समाचार

आषाढ पूर्णिमा उत्सव: काठमाडौंमा विशेष कार्यक्रमको आयोजना

आषाढ पूर्णिमा उत्सव: काठमाडौंमा विशेष कार्यक्रमको आयोजना

काठमाडौं, श्रावण ६, २०८१ - आषाढ पूर्णिमाको शुभ अवसरमा काठमाडौंस्थित भारतीय राजदूतावासले आज एक विशेष कार्यक्रमको आयोजना गर्‍यो। यस उत्सवमा नेपालका विभिन्न बौद्ध सम्प्रदाय र गुम्बाका प्रतिनिधिहरुले सहभागीता जनाएका थिए।

आषाढ पूर्णिमा भगवान् बुद्धले उत्तर प्रदेशको सारनाथमा आफ्ना पहिलो पाँचजना तपस्वी चेलालाई पहिलो उपदेश दिनुभएको क्षणलाई स्मरण गराउँदै मनाइन्छ। बिहारको बोधगयामा बुद्धत्व प्राप्त गरेपछि भगवान् बुद्धले दिनुभएको यस उपदेशले ‘चार आर्य सत्य’ र ‘आर्य अष्टाङ्गिक मार्ग’ को ज्ञान दिएको थियो। यस दिनलाई ‘धर्म चक्रको पहिलो फन्को’ को रुपमा पनि चिन्ने गरिन्छ।

कार्यक्रममा थेरावडा संघ, महायाना संघ र वज्रयान संघले विधिपूर्वक प्रार्थना गरेका थिए। तत्पश्चात् बौद्ध सुत्रबाट प्रार्थनाको वाचन र अपर्ण गरिएको थियो।

नियोग उप–प्रमुख श्री प्रसन्न श्रीवास्तवले भगवान् बुद्धले दिनुभएको शिक्षाको महत्वमाथि प्रकाश पार्दै दुवै भारत र नेपालमा रहेका पवित्र बौद्ध स्थलले दुवै देशबीचको साझा साँस्कृतिक सम्पदालाई उदाहरणको रुपमा चित्रण गरेको बताउनुभयो। उहाँले शताब्दीयौंदेखि कायम सम्बन्धलाई अघि बढाउँदै बौद्ध धर्म लामो समयदेखि भारत र नेपाललाई जोड्ने एक शक्तिको रुपमा रहेको बताउनुभयो।