समाचार

डाक्नेश्वरी–९ का अध्यक्ष चौधरीले १० लाख राजस्व हिनामिना, अख्तियारको अनुसन्धान सुरु

डाक्नेश्वरी–९ का अध्यक्ष चौधरीले १० लाख राजस्व हिनामिना, अख्तियारको अनुसन्धान सुरु

राजविराज । सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर–९ का अध्यक्ष कर्ण देब चौधरीले सार्वजनिक पोखरी ठेक्काबाट उठाएको राजस्व हिनामिना गरेको आरोप लागेको छ। २०७५/०७६ मा ऐन विपरित वडाका १८ वटा सार्वजनिक पोखरी ठेक्कामा लगाई, करिब १४ लाख ५० हजार राजस्व उठाएर नगरपालिकाको खातामा मात्र ४ लाख ५० हजार बुझाई बाकी रकम हिनामिना गरेको स्रोतले दावी गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ वर्षपछि सार्वजनिक पोखरी ठेक्कामा संग्लन व्यक्तिहरुलाई बयानका लागि बोलाएको थियो। आयोगले डाक्नेश्वरी–९ का पोखरी ठेक्का बोलकबोल गर्ने राम नरायण मेहता, रामदेब साह, हरेराम साह, राम नारायण साह, रामसुन्दर यादव, र नेपाली यादवलाई बयानका लागि उपस्थित गराउन भनेको छ।

पोखरी ठेक्काको राजस्व रकम हिनामिनामा संलग्न ठेकेदारले अध्यक्ष चौधरीलाई बुझाएको पैसा पुनः फिर्ता गरेको छ। ठेक्का बोलकबोल गरी राजस्वका लागि अध्यक्ष चौधरीलाई बुझाएको पैसा पुनः ठेकेदार सामदेब साहले फिर्ता लिएर वडा कार्यालयमा भरपाई समेत गरिदिएको बताए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ सालमा पोखरी ठेक्का सम्बन्धी भएको निर्णय तथा ठेक्का प्रक्रियाका सम्पूर्ण कागजातहरु माग गरेको प्रमूख प्रशासकिय अधिकृत कुन्दन कुमार कर्णले बताए। अध्यक्ष चौधरी विरुद्ध रकम हिनामिना गरेको करिब एक दर्जन उजुरी अख्तियारमा परेको छ। चौधरी दोस्रोपटक नेकपा एमालेबाट निर्वाचित भएका छन् र विभिन्न शिर्षकमा करिब ६० लाख रुपैयाको दुरुपयोग गरेको आरोप लागेको छ।