अपराध सुरक्षा

काठमाडौंमा गहना र नगदको डकैती, मुख्य अभियुक्त पक्राउ!

काठमाडौंमा गहना र नगदको डकैती, मुख्य अभियुक्त पक्राउ!

नागार्जुन नगरपालिका वडा नं. ९ स्यजचाटारमा रहेको डेराबाट सजीव स्मृति संग्रालयका गहना र नगद चोरी भएको घटनामा संलग्न व्यक्ति पक्राउ परेका छन्। प्रहरी वृत्त कामिनाटी र उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले खोजी गर्दा मिति २०८१।०४।२८ गते, काठमाडौं महानगरपालिका वडा नं. १८ नरदेवीबाट २७ वर्षीय ज्ञानेन्द्र परियारलाई पक्राउ गरेको हो।

पक्राउ परेका परियारको कोठाबाट नेपाली नगद रु. १२,०००, चोरीमा प्रयोग गरिएको छुरी, घटनास्थलमा प्रयोग भएका लुगाफाटा, चप्पल, र ३ वटा मोबाइल फेला परेको छ।

प्रहरीले हाल अनुसन्धान अगाडि बढाइरहेको जानकारी दिएको छ।

पक्राउ परेका व्यक्तिको परिचय:

१. ज्ञानेन्द्र परियार, २७ वर्ष, मिल्छा दोखचा, वैद्यश्वर गाउँपालिका वडा नं. ०३, हाल काठमाडौं महानगरपालिका वडा नं. १७ ढल्कु बसोबास।

बरामद सामग्री:

१. चोरिका लागि प्रयोग गरिएको छुरी र रड। २. घटनास्थलमा भेटिएको लुगाफाटा र चप्पल। ३. नेपाली नगद रु. १२,०००। ४. तीन वटा मोबाइल फोन।