अर्थ

भाटभटेनीका अध्यक्ष मिनबहादुर गुरुङको सरप्राइज उपस्थिति: UNV को नयाँ सोरुम उद्घाटनमा यस्तो भयो!

भाटभटेनीका अध्यक्ष मिनबहादुर गुरुङको सरप्राइज उपस्थिति: UNV को नयाँ सोरुम उद्घाटनमा यस्तो भयो!

काठमाडौं । चिनियाँ टेक कम्पनी ‘यूएनभि’ ले राजधानीको सिटीसी मल सुन्धारामा नयाँ अत्याधुनिक सोरुम सञ्चालनमा ल्याएको छ। बुधबार आयोजित यो कार्यक्रममा देशका शीर्ष व्यवसायी मिनबहादुर गुरुङको उपस्थिति थियो, जसले यो कार्यक्रमलाई अझै भव्य बनाएको थियो। गुरुङ, जो प्रायः यस्ता सार्वजनिक कार्यक्रमहरूमा कमै देखिन्छन्,ले यूएनभि कम्पनीको सोरुमको उद्घाटन रोबोर्ट र कम्पनीका साउथ एसिया डिरेक्टर स्टेभन टिएनसँग संयुक्त रूपमा गरे।

सोरुममा यूएनभि कम्पनीका सर्भिलेन्स सिस्टम, अटोमेटिक डोरलक सिस्टम, फेस रिकगनाईजेसनमा आधारित एटेन्डस सिस्टम (ई–हाजिरी), भिडियो ईन्टरकम सिस्टम, तथा विभिन्न साइजका स्मार्ट ईन्ट्रयाक्टिभ बोर्डलगायतका अत्याधुनिक डिजिटल सुरक्षाका उत्पादनहरू उपलब्ध छन्। यूएनभि स्टोर प्रालिका डिरेक्टर हरिराम रिमालले निकट भविष्यमा नेपालमा ईभि कारको चार्जिङ स्टेशनमा सहकार्यको योजना रहेको बताए। यू एन भी स्टोरका संस्थापकहरू हरिराम रिमाल र बद्रिप्रसाद रिमालले उमेरले तिनीहरू युवा भए तापनि, ५ वर्षको सहकार्यमा व्यवसायिक रूपमा परिपक्वता हासिल गरेको बताए।

कार्यक्रममा गुरुङले विगत १६ वर्षदेखि यूएनभि टिमसँग सहकार्य गर्दै आएको र भविष्यमा नयाँ प्रविधिमा अझ सघन सहकार्य गर्ने इच्छा व्यक्त गरे। स्टेभन टिएनले नेपालका व्यवसायिक गतिविधिहरूमा नेपालीहरूको ईमान्दारी र मेहनतको प्रशंसा गर्दै, नेपालमा टेक्नोलोजी क्षेत्रमा लगानी बढाउन उत्साहित रहेको बताए।

स्टोरको उद्घाटनको अवसरमा प्रायः सबै उत्पादनहरूमा २० प्रतिशत छुटको घोषणा गरिएको छ, जुन अर्को सूचना नआएसम्म कायम रहनेछ। स्टोरको अवलोकन गर्न ४ सयभन्दा बढी सहभागीहरू उपस्थित थिए भने देशभर १ सय ५० भन्दा बढी डिलरहरूले यूएनभि का उत्पादनहरू उपलब्ध गराइरहेका छन्। यूएनभि नेपालका सेल्स हेड सार्दक अधिकारीका अनुसार, स्मार्ट स्टोरहरूको विस्तार देशभर गरिनेछ।