समाचार

जनकपुरधाममा भड्कियो जनआक्रोश: रामभरोस कापडीको पुत्ला दहन

जनकपुरधाममा भड्कियो जनआक्रोश: रामभरोस कापडीको पुत्ला दहन

जनकपुरधाम, साउन १७ - राष्ट्रिय एकता अभियानका नेता मनीष पुर्बे र पंकज झाको नेतृत्वमा स्व. गुरूदेव कामतलाई मधेश विभूति घोषणाको माग गर्दै जनकपुरधाममा दबाव कार्यक्रम आयोजना गरिएको छ। मधेश प्रज्ञा प्रतिष्ठानका प्रमुख रामभरोस कापडीले गुरूदेव कामतको अपमान गरेको भन्दै सहभागीहरूले कापडीको पुत्ला दहन गरेका थिए।


कामतको सम्मानमा जनकपुरधाम दन्कियो: कापडीको पुत्ला दहन

कार्यक्रममा सहभागीहरूले "गुरूदेव कामतलाई प्रदेश विभूति घोषणा गर," "गुरुदेव कामतको अपमान कार्य बन्द गर," "रामभरोस कापडी राजीनामा देउ," "मधेस प्रज्ञा प्रतिस्ठान मुर्दावाद," र "मधेस सरकार मुर्दावाद" जस्ता नारा लगाउँदै विरोध प्रदर्शन गरे।


मधेश विभूति घोषणा: कामतको सम्मानमा जनआक्रोश

नेता मनीष पुर्बेले गुरूदेव कामतले मधेशका लागि कला र सङीतको माध्यमबाट महत्वपूर्ण योगदान गरेको उल्लेख गर्दै उनको सम्मान गर्न प्रदेश सरकारले उनलाई विभूति घोषणा गर्नुपर्ने माग गरे। प्रदर्शनकारीहरूले रामभरोस कापडीको नेतृत्वमाथि असन्तुष्टि जनाउँदै तुरुन्तै उनको राजीनामा माग गरे।


 गुरूदेव कामतको अपमानमा जनआक्रोश: कापडीको राजीनामा माग

कार्यक्रममा सहभागीहरूले रामभरोस कापडीले गुरूदेव कामतको योगदानको अवमूल्यन गरेको आरोप लगाउँदै यस प्रकारको गतिविधिले मधेशको गौरवलाई ठेस पुर्याएको बताए। सहभागीहरूले गुरूदेव कामतलाई सम्मान दिनु प्रदेश सरकारको दायित्व भएको बताएका छन्।