समाचार

कंगनाको चौंकाउने दाबी: "बंगलादेशको क्रान्ति नेपालसम्म फैलिन सक्छ, शेख हसिनाको हालत हेर्नुस्!"

कंगनाको चौंकाउने दाबी: "बंगलादेशको क्रान्ति नेपालसम्म फैलिन सक्छ, शेख हसिनाको हालत हेर्नुस्!"

मुम्बई । विवादास्पद बलिउड अभिनेत्री तथा भारतीय सांसद कंगना रनौतले केही समय अघि नेपाल भारतको हिस्सा भएको कुरा गरेकी थिइन्। अब उनले नेपाललाई लिएर बंगलादेशको क्रान्तिसँग सम्बन्धित केही सुझावहरू दिएकी छिन्।

कंगनाले भनेकी छिन् कि नेताहरूले आफ्ना जनताको समस्या समयमै बुझेर समाधान नगर्दा बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको हालत हुने सम्भावना छ। हालै बंगलादेशमा भएको विद्यार्थी आन्दोलनका कारण सोमबार शेख हसिनाले आफ्नो प्रधानमन्त्री पदबाट राजीनामा दिएर भारतमा शरण लिएकी छिन्। कंगनाले भारतीय नेताहरूले यसबाट पाठ सिक्नुपर्ने र यस्तो अवस्था आउन नदिन सचेत रहनुपर्ने बताएकी छिन्।

त्यसैगरी, उनले बंगलादेशमा विद्यार्थीहरूका केही गतिविधिहरूप्रति पनि आफ्नो टिप्पणी गरेकी छिन्। ढाकामा रहेको बंगलादेशका पूर्व प्रधानमन्त्री शेख मुजिबुर रहमानको शालिकको टाउकोमा पिसाब गरेको भिडियो प्रति प्रतिक्रिया जनाउँदै उनले यसलाई निन्दनीय कार्यको रूपमा व्याख्या गरेकी छिन्। साथै, आन्दोलनको क्रममा चिडियाखानामा जनावरहरूलाई कुट्नुलाई पनि उनले निर्दयीकार्यको पराकाष्ठा भनेकी छिन्।

कंगनाले आफ्नो आधिकारिक इन्स्टाग्राममा उक्त घृणित भिडियो साझा गर्दै लेखेकी छिन्, "बंगलादेशीहरूले शेख मुजिबुर रहमानको प्रतिमामा पिसाब गरेका छन्। उनी त्यही व्यक्ति हुन्, जसले बंगलादेशलाई स्वतन्त्र गराएका थिए। स्वतन्त्रताको लगत्तै उनको हत्या भयो। मलाई अचम्म लाग्छ कि उनीहरूले आन्दोलनमा यस्तो पनि गरे। केहीले चिडियाखानामा जनावरहरू कुटिरहेका थिए भने प्रधानमन्त्रीले राजीनामा दिएपछि पनि विरोध किन रोकिएको छैन?"

भारतमा जनावरलाई मायागर्ने परम्परा रहेको भन्दै कंगनाले बंगलादेशी प्रदर्शनकारीहरूले जनावरहरूलाई पिट्नु अत्यन्तै अमानवीय कार्य भएको बताएकी छिन्। उनले भनेकी छिन्, "सरकारविरुद्ध अनावश्यक घृणा फैलाउन सक्नुहुन्छ, तर निर्दोष जनावरहरूलाई दुख दिनु स्वीकार्य छैन।"