समाचार

सावित्री सुबेदी फेरि सामाजिक संजालमा भाइरल! पूरा अन्तरवार्ता यहाँ हेर्नुहोस्!

सावित्री सुबेदी फेरि सामाजिक संजालमा भाइरल! पूरा अन्तरवार्ता यहाँ हेर्नुहोस्!

बर्सौ पुरानो सावित्री सुबेदीको नेपाल आजले लिएको अन्तरवार्ताको क्लिप सामाजिक संजालमा फेरि भाइरल भएको छ। करिब ३ वर्षअघि नेपाल आजको स्टुडियोमा देखिएकी अधिकारकर्मी सावित्री सुबेदीको यो अन्तरवार्ताले फेरि चर्चा पाएको हो।

प्राय: जिन्स र टिसर्टमा देखिने सावित्री त्यसदिन भने परम्परागत सारी र चोलोमा सजिएकी थिइन्। उनको छोटो सेतो कपाल, ओठमा लाली, र गहिरो विचारको प्रस्तुति सबैले ध्यान खिच्यो। यो दुर्लभ पहिरनमा देखिने सावित्रीलाई धेरैले फरक रुपमा सम्झिए। त्यस दिन उनी आफ्नो अधिकार र राजनीतिक विषयमा गहिरो विचार प्रस्तुत गर्दै गम्भीर रुपमा बोलेकी थिइन्।

अन्तरवार्ताका क्रममा उनले नेपाली महिलाको हक, अधिकार, र समाजमा भइरहेको विभेदबारे आफ्नो धारणा राखेकी थिइन्। साथै, उनले केही विवादास्पद भनाइहरु पनि दिएकी थिइन् जसमा उनले नेपालको कानुनी प्रणालीलाई पनि कडा शब्दमा आलोचना गरेकी थिइन्। सावित्रीको यी विवादास्पद भनाइहरुले उनलाई विवादमा तानेको थियो, जहाँ उनी आफ्नो धारणा राख्न कट्टर रुपमा प्रस्तुत भएकी थिइन्।

सामाजिक संजालमा अहिले फेरि भाइरल भएको यो भिडियोमा सावित्रीको पहिरनदेखि लिएर उनी बोलेका कुराहरुसम्मका सबै कुरा चासोका विषय बनेका छन्। पुरानो अन्तरवार्ताको यो भागले उनको पहिचानलाई नयाँ ढंगले उजागर गरिरहेको छ।

अन्तरवार्ताको पुरा भिडियोको लिंक यहाँ छ: