निलम्बित सांसद रवि लामिछानेको आक्रमक कदम! सभामुखलाई भेट्दै संसदीय पुनर्बहालीको माग
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा निलम्बित सांसद रवि लामिछानेले संघीय संसद्को हिउँदे अधिवेशन प्रारम्भ हुन लाग्दा सभामुख देवराज घिमिरेलाई भेटेका छन्।
बुधबार सिंहदरबार पुगेका लामिछानेले आफ्ना पार्टीका सांसदहरू सहित सभामुखको कार्यकक्षमा उपस्थित भई आफ्नो निलम्बन फुकुवा गर्न मागसहित पत्र बुझाएका छन्।
चितवन-२ बाट निर्वाचित लामिछाने गत पुस ८ गतेदेखि सहकारी ठगी प्रकरणमा मुद्दा दर्ता भएपछि निलम्बित भएका थिए। यसअघि नागरिकता किर्ते मुद्दामा सर्वोच्च अदालतले दोषी ठहर गर्दै उनको सांसद पद खोसिएको थियो। तर, उपचुनाव जितेर उनी पुनः संसदमा प्रवेश गरेका थिए। अब पुनर्बहालीका लागि उनको दबाब कति प्रभावकारी हुने भन्ने चासो बढेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी रवि लामिछाने