कला साहित्य

नेपाली लेखकले ऐतिहासिक किताबबाट कमाउँदै ५-६ अर्ब डलर, कार्ल मार्क्सलाई चुनौती!

नेपाली लेखकले ऐतिहासिक किताबबाट कमाउँदै ५-६ अर्ब डलर, कार्ल मार्क्सलाई चुनौती!

काठमाडौं। नेपाली लेखक जय साहले आफ्नो पुस्तक The Kalkiist Manifesto बाट विश्वभर ५-६ अर्ब डलर कमाउने दाबी गर्दै कार्ल मार्क्सको आर्थिक दर्शनलाई चुनौती दिएका छन्। फेसबुकमा पोस्ट गर्दै उनले आफ्नो पुस्तकलाई १७० वर्षपछि आएको वैज्ञानिक वैकल्पिक आर्थिक मोडेल भएको बताएका छन्।

उनले भनेका छन्, “मेरो किताब The Kalkiist Manifesto विश्वमा कार्ल मार्क्सको The Communist Manifesto पछि आर्थिक प्रणालीको सुधार ल्याउने ऐतिहासिक पुस्तक हो। कार्ल मार्क्सको किताब ५०० मिलियन प्रति बिकेको छ भने मेरो किताब ६००-७०० मिलियन प्रति बिक्री हुनेछ र विश्वका धेरै विश्वविद्यालयमा अध्ययन गरिनेछ।”

जय साहले आफ्नो पुस्तकलाई परिष्कृत गर्न अनुभव, तथ्यांक, विश्लेषण, र फिडब्याकलाई समावेश गर्दै यो विश्वस्तरीय किताब भएको उल्लेख गरेका छन्। “हार्दा सम्मको अनुभव किताबलाई अझ प्रामाणिक बनाउँछ,” उनले भने।

पुस्तक र अभियान


The Kalkiist Manifesto आर्थिक मोडेलको ऐतिहासिक वैकल्पिक दृष्टिकोण प्रस्तुत गर्ने पुस्तक हो। यसले नगदरहित र पैसाबिहीन समाजको परिकल्पना गर्दै शिक्षा, स्वास्थ्य, र कानुनी सेवा सबैलाई निःशुल्क उपलब्ध गराउनुपर्ने आवश्यकतालाई जोड दिएको छ। जय साहले यो किताब लेख्दै सामाजिक-आर्थिक परिवर्तनका लागि आफ्नो विचारलाई अगाडि बढाइरहेका छन्।

उनले भनेका छन्, “यदि म जिते भने युग नै परिवर्तन हुनेछ। ढिलो भए पनि जित्ने छु।” 

जय साहले नेताहरूको अवरोधलाई स्वीकार गर्दै भनेका छन्, “नेताहरूले देश राम्रो भएको हेर्न चाहँदैनन्। तर, म यो लडाई लड्न आएको छु, २+२ चार हुन्छ भन्ने सत्यको लागि। हार्यो भने अर्बपति बन्ने, जित्यो भने भगवान बन्ने ।”

उनको पुस्तकले नेपालको मात्र नभई विश्वको आर्थिक प्रणालीमा ऐतिहासिक योगदान पुर्‍याउने उनको विश्वास छ। उनका विचारहरूले विश्वभर चर्चा पाउँदैछन्, र उनले समाजका लागि स्वास्थ्य, शिक्षा, र कानुनी सेवा निःशुल्क गराउन निरन्तर पैरवी गरिरहेका छन्।

जय साहको यो दाबी र उनको अभियानले नेपाली समाज र विश्वव्यापी आर्थिक प्रणालीमा नयाँ बहसको सुरुवात गरेको छ। उनको पुस्तक अंग्रेजी संस्करण The Kalkiist Manifesto र नेपाली संस्करण नेपाललाई विस्वगुरु बनाउन आर्थिक क्रान्ति मा उपलब्ध छ।

जय साह