“नेपालको सरकार ८ कक्षा फेल गुण्डाको कब्जामा” : जय साहको कटाक्ष
काठमाडौं। लेखक जय साहले नेपाल आजसँगको अन्तरवार्तामा वर्तमान नेपालको राजनीतिक नेतृत्वमाथि गम्भीर आलोचना गर्दै भने, “नेपालको सरकार ८ कक्षा फेल गुण्डाहरूको कब्जामा छ। अब देशलाई समृद्धितर्फ डोर्याउन अर्थशास्त्रीहरूले नेतृत्व गर्नुपर्छ।”
जय साहले पूँजीवादको अन्त्य गर्दै कल्किबाद स्थापनाको घोषणा गरेका छन्। उनका अनुसार, कल्किबाद नगदरहित र समानताको आधारमा निर्मित आर्थिक प्रणाली हो, जसले गरिबी, असमानता, र भ्रष्टाचारको अन्त्य गर्नेछ।
उनले आफ्नो चर्चित पुस्तक नेपाललाई बिस्वगुरु बनाउन आर्थिक क्रान्ति र The Kalkiist Manifesto मा नगदरहित समाजको खाका प्रस्तुत गरेका छन्। यी पुस्तकहरूले पूँजीवाद र साम्यवादको असफलतालाई औंल्याउँदै शिक्षा, स्वास्थ्य, र कानुनी सेवा निःशुल्क बनाउने योजनालाई प्राथमिकता दिएका छन्। जय साहले यस प्रणालीलाई नेपालबाट सुरु गरेर संसारभर लागू गरिने बताएका छन्।
उनले वर्तमान नेताहरूको अयोग्यता र भ्रष्टाचारप्रति कटाक्ष गर्दै भने, “देशको भविष्य सुधार्न अब अर्थशास्त्रीहरूको नेतृत्व आवश्यक छ। गुण्डाहरूको नेतृत्वले देशलाई केवल अधोगतितर्फ धकेल्छ।”
जय साहले कल्किबाद स्थापनाका लागि कल्कि सेना निर्माण गर्ने घोषणा गर्दै भने, “नेपालबाट सत्ययुगको सुरुवात हुनेछ। यो अभियान कालियुगको अन्त्य गर्न र समाजमा समता स्थापना गर्नको लागि हो।”
जय साहको यो घोषणा र उनका विचारहरूले नेपाली समाजमा नयाँ बहस सुरु गरेको छ। उनका पुस्तक र योजनाले समाजको बृहत्तर परिवर्तनका लागि मार्गनिर्देशन दिन सक्ने सम्भावना छ। अब कल्किबादले कस्तो प्रभाव पार्छ भन्ने समयले देखाउनेछ।