स्वास्थ्य

सावधान! सलुनमा कपाल धुँदा मस्तिष्कघातको जोखिम — नयाँ अध्ययनले दिएको चेतावनी

सावधान! सलुनमा कपाल धुँदा मस्तिष्कघातको जोखिम — नयाँ अध्ययनले दिएको चेतावनी

अमेरिकाको जर्नल अफ इमर्जेन्सी मेडिसिन मा प्रकाशित नयाँ अध्ययनले सलुनमा कपाल धुँदाका क्रममा “ब्यूटी पार्लर स्ट्रोक सिन्ड्रोम” नामक दुर्लभ तर खतरनाक समस्या हुनसक्ने चेतावनी दिएको छ।

गत ५० वर्षका २२ अनुसन्धानमा ५४ जना पीडित भेटिएका छन्, जसमा करिब ८० प्रतिशत महिला थिए। कपाल धुँदाका बेला टाउको अत्यधिक पछाडि झुकाउँदा घाँटीका रगत नली (भर्टिब्रल आर्टरी) च्यापिन वा चिरिन सक्ने हुँदा मस्तिष्कमा रगतको आपूर्ति रोकिने र मस्तिष्कघात (Stroke) हुन सक्ने जोखिम देखाइएको छ।

यसबाट चक्कर लाग्ने, दृष्टि धमिलो हुने, बोल्न गाह्रो हुने, टाउको दुख्ने, वाकवाकी आउने, शरीरको एक भाग नचल्ने वा कमजोरी आउने जस्ता लक्षण देखिन सक्छन्। यस्ता लक्षणहरू कहिलेकाहीँ हप्ता दिनपछि मात्र प्रकट हुन सक्छन्।

अनुसन्धानकर्ताहरूले भनेका छन् — “यो समस्या अत्यन्त दुर्लभ भए पनि, यदि यस्ता लक्षण देखिए भने तुरुन्त स्वास्थ्य विशेषज्ञलाई जानकारी दिनु आवश्यक छ।”

stroke saloon