एन आई सी एशिया बैंकका ग्राहकका लागि अमरापुरी रिसोर्टमा १५% सम्म छुट
एन आई सी एशिया बैंक र नवलपुरस्थित अमरापुरी रिसोर्ट एण्ड वाटर पार्कबीच बैंकका ग्राहकका लागि विशेष छुट सुविधा प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ। उक्त सम्झौता अनुसार अब बैंकका ग्राहकहरूले रिसोर्टका सेवाहरू प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्दा अधिकतम १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।
बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी अर्जुन राज खनियाका अनुसार सम्झौता कार्यान्वयनसँगै एन आई सी एशिया बैंकका ग्राहकहरूले अमरापुरी रिसोर्टमा आवास सेवामा १५ प्रतिशत र खानामा १० प्रतिशत छुटको सुविधा उपयोग गर्न सक्नेछन्। ग्राहकहरूले यो सुविधा लिनका लागि बैंकका डेबिट, क्रेडिट वा प्रिपेड कार्डमार्फत, वा मोबैंक एपमार्फत डिजिटल भुक्तानी गर्नुपर्नेछ।
बैंकले यो सहकार्यले आफ्ना ग्राहकहरूलाई प्रत्यक्ष आर्थिक सुविधा प्रदान गर्नुका साथै देशभर नगदरहित कारोबार र डिजिटल भुक्तानी संस्कृतिको प्रवर्द्धनमा योगदान पुर्याउने विश्वास लिएको छ।
एन आई सी एशिया बैंकले पछिल्ला वर्षहरूमा देशभर डिजिटल वित्तीय पहुँच विस्तार, पर्यटन प्रवर्द्धन, र उपभोक्तामुखी सेवा सुविधाको विविधीकरणमा जोड दिँदै आएको छ। नवलपुरस्थित अमरापुरी रिसोर्टसँगको यो सहकार्य त्यसै प्रयासको निरन्तरता हो, जसले ग्राहकहरूलाई सहज, सुरक्षित र आधुनिक भुक्तानी प्रणालीमा जोड्ने लक्ष्य राखेको बैंकले जनाएको छ।
