समाचार राजनीति

एमालेको सरकारविरोधी प्रदर्शनअघि ओलीको असन्तुष्टि: प्रसाईं ‘अग्रगामी’, सरकारले ‘प्रतिगामी’

एमालेको सरकारविरोधी प्रदर्शनअघि ओलीको असन्तुष्टि: प्रसाईं ‘अग्रगामी’, सरकारले ‘प्रतिगामी’

काठमाडौं — जेन जि आन्दोलनले अपदस्त गरेको पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले व्यापारी दुर्गा प्रसाईंलाई ‘अग्रगामी’ भन्दै हालको सुशीला कार्की नेतृत्वको सरकारलाई ‘प्रतिगामी’ करार गरेका छन्।

एमालेले भोलि मंसिर ६ गते भृकुटीमण्डपमा विशाल सरकारविरोधी प्रदर्शन आयोजना गर्दैछ। सो तयारीबीच ओलीले सरकारले हालै गरेको प्रसाईंको पक्राउप्रति कडा आपत्ति जनाएका छन्।

तर विडम्बना—ओली स्वयं प्रधानमन्त्री हुँदा यही प्रसाईंलाई पक्राउ गरिएको थियो। त्यसबीच प्रसाईंले पनि ओलीलाई ‘महाभ्रष्ट’ र विदेशमा पैसा परिचालन गरेको गम्भीर आरोप लगाउँदै आएका छन्।

सरकार र विपक्षबीचको यो आरोप–प्रत्यारोपले जेन जि आन्दोलनपछि झन् तातिएको राजनीतिक वातारवरणलाई थप उग्र बनाएको छ

जेन जि आन्दोलन