डिपार्टमेन्ट स्टोरमा अचानक विस्फोट! त्रासदीको सनसनीपूर्ण दृश्य बाहिरियो

ताइवानको दोस्रो ठूलो सहर ताइचुङस्थित एक चर्चित डिपार्टमेन्ट स्टोरमा भएको भीषण विस्फोटमा चार जनाको ज्यान गएको छ भने २४ जना घाइते भएका छन्। स्थानीय प्रहरीका अनुसार उक्त विस्फोट शिन कङ मित्सुकोशी डिपार्टमेन्ट स्टोरको १२औं तल्लामा भएको थियो।
राष्ट्रिय दमकल एजेन्सीका अनुसार घटनापछि खोजी तथा उद्धार कार्यलाई तीव्र बनाइएको छ। स्थानीय दमकल विभागले ५६ वटा गाडी परिचालन गरी १३६ जनालाई सुरक्षित स्थानमा पुर्याएको जनाएको छ। घटनाको समयमा उक्त क्षेत्र निर्माण कार्यका लागि बन्द रहेको बताइएको छ।
ताइवानी प्रसारक टीभीबीएसले सार्वजनिक गरेको भिडिओमा विस्फोटको क्षण कैद भएको छ। फुटेजमा कालो धुवाँका मुस्लाहरू भवनबाट निस्किरहेको र भग्नावशेषहरू सडकभरि छरिएको देखिन्छ।
ताइचुङका मेयर लु शिओ येनले घटनापछि पत्रकारहरूसँग कुरा गर्दै भने, "विस्फोट अत्यन्तै गम्भीर छ। उद्धारकार्य जारी छ।" विस्फोटको कारण अहिलेसम्म खुल्न सकेको छैन।
राष्ट्रिय फायर एजेन्सीले विस्फोटको कारणबारे अनुसन्धान भइरहेको बताउँदै जनतालाई जोखिमयुक्त क्षेत्रबाट टाढा रहन आग्रह गरेको छ। मेयर लुका अनुसार विस्फोटको असर व्यापक क्षेत्रमा परेको छ, र एक यात्रु गम्भीर घाइते भएका छन्। "यस क्षेत्रमा धेरै कार्यालय र आवासीय भवनहरू छन्। सुरक्षाका लागि सबैलाई सतर्क रहन अनुरोध गर्दछौं," उनले भने।
ताइवान