महेश बर्तौलाले भने - प्रभु साहले संसद्मा प्रधानमन्त्रीको मानमर्दन गरे

काठमाडौं- नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सांसद प्रभु साहले संसदमा प्रधानमन्त्रीको अपमानजनक प्रश्न सोधेर ठूलो विवाद सिर्जना गरेको आरोप लगाएका छन्।
आइतबार, संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले भने, "सांसद साहले राजनीतिक स्टन्टका लागि र भाइरल हुनका लागि प्रधानमन्त्रीको मानमर्दन गर्नेगरी प्रश्न सोधे। त्यसैले त्यसको जवाफ दिइनँ।"
उनले सांसद साहले शोभनीय ढंगले प्रश्न नसोचिकन, संसदको नियमावलीको उल्लङ्घन गर्दै प्रश्न सोधेको दाबी पनि गरे।
बर्तौलाले यस विषयमा संसद्को आगामी कार्यव्यवस्था परामर्श समिति बैठकमा गम्भीर छलफल हुने जानकारी दिए।
साथै, उनले संसदमा प्रधानमन्त्रीको प्रश्नोत्तर प्रक्रिया थप प्रभावकारी बनाउनका लागि आगामी दिनमा सुधारको प्रस्ताव राख्ने बताएका छन्।