राजेन्द्र लिङ्देनको कडा आरोप: "ऊर्जामन्त्रीले सदनमा झुटो विवरण प्रस्तुत गरे"

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका विषयमा ऊर्जामन्त्रीले सदनमा झुटा विवरण प्रस्तुत गरेको आरोप लगाएका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै अध्यक्ष लिङ्देनले मन्त्रीजस्तो व्यक्तिले संसद्लाई झुटा विवरण दिनु उचित नभएको र सदनमा मुर्खहरुमात्र बसेको नठान्न आग्रह गरेका हुन् ।
बिहीबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै लिङ्देनले ऊर्जामन्त्रीलाई आरोप लगाउँदै भने, "एक मन्त्रीजस्तो व्यक्तिले संसदमा झुटो विवरण प्रस्तुत गर्नु अस्वीकार्य हो। सांसदलाई मूर्ख बनाउन प्रयास गर्नु अत्यन्त गलत हो।"
उनले थप भने, "यदि सरकारले कर्मचारीलाई केवल कारिन्दा र नोकर मात्र ठान्छ भने, हामी तिनको पक्षमा उभिने छौं।" लिङ्देनले ३५ अर्ब घाटामा रहेको प्राधिकरणलाई कुलमान घिसिङले ८ वर्षमा ५२ अर्ब नाफामा ल्याएका तथ्यलाई स्वीकार गर्दै ऊर्जामन्त्रीको झुटो विवरणले जलविद्युत क्षेत्रमा नकारात्मक सन्देश पुग्ने कुरा भने।
त्यसैगरी, लिङ्देनले ऊर्जामन्त्रीलाई चेतावनी दिँदै भने, "आफ्नो व्यक्तिगत स्वार्थका लागि संस्थाको हित विपरीत काम नगर्नुस्।" उनले व्यापारिक क्षेत्रबाट २२ अर्ब रुपैयाँ नउठाउने संकेत पनि दिएको भन्दै, "व्यवसायीहरूले यत्रो रकम नउठाउन भनेको कुरा स्वार्थका कारण हो, यसले राम्रो परिणाम ल्याउँदैन," भने।
अध्यक्ष लिङ्देनले अन्त्यमा सुझाव दिए कि ऊर्जामन्त्रीलाई कुलमानलाई हटाउने प्रयासमा निरन्तर लाग्न होइन, बरु परिस्थितिलाई सुधारेर अघि बढ्न ध्यान दिनु आवश्यक छ।