अन्तरवार्ता

इरानले पठायो खतरनाक सन्देश: ‘अमेरिकालाई भारी परिणाम भोग्नै पर्नेछ!

इरानले पठायो खतरनाक सन्देश: ‘अमेरिकालाई भारी परिणाम भोग्नै पर्नेछ!

इरानको इस्लामिक रिभोल्यूसनरी गार्ड कोर (आईआरजीसी) का प्रवक्ता इब्राहिम ज़ोल्फ़ग़रीले भनेका छन् कि अमेरिका अब यस युद्धमा सिधै संलग्न भइसकेको छ र उनले इरानको 'पवित्र भूमि' उल्लंघन गरेको छ।
जोल्फ़ग़रीले यो चेतावनी एउटा भिडियो सन्देशमार्फत् दिएका हुन्।
उनी थप्छन् कि अमेरिकालाई ‘भारी, अफसोसजनक र अप्रत्याशित परिणामहरू’ भोग्नुपर्नेछ, जुन ‘शक्तिशाली र लक्षित कारबाही’ मार्फत् दिइनेछ।
उनी उक्त भिडियो सन्देशमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सिधै अंग्रेजीमा सम्बोधन गर्दै भन्छन्, “मिस्टर ट्रम्प, जुवा खेलाडी! तपाईंले यो युद्ध सुरु गर्न सक्नुहुन्छ, तर यसलाई हामी नै अन्त्य गर्नेछौं।”
त्यसैगरी, इरानी सञ्चार माध्यमहरूले इरानका कमाण्डर इन चीफ अमीर हातमीको पनि भिडियो सार्वजनिक गरेका छन्।
वीडियोमा हातमीले भनेका छन् कि जब अमेरिकाले विगतमा इरानविरुद्ध ‘अपराध’ गरेको थियो, त्यसको कडा जवाफ दिइएको थियो र यसपटक पनि त्यस्तै हुनेछ।