अर्थ

राष्ट्र बैंकले सार्वजनिक गर्‍यो नयाँ विनिमय दर!

राष्ट्र बैंकले सार्वजनिक गर्‍यो नयाँ विनिमय दर!

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपियाँ र बिक्रीदर १४१ रुपियाँ ६० पैसा कायम गरिएको छ। युरोपेली युरो एकको खरिददर १६६ रुपियाँ दुई पैसा र बिक्रीदर १६६ रुपियाँ ७३ पैसा तोकिएको छ भने बेलायती पाउण्ड स्ट्रलिङ एकको खरिददर १९० रुपियाँ ३२ पैसा र बिक्रीदर १९१ रुपियाँ १३ पैसा निर्धारण गरिएको छ।

स्वीस फ्र्याङ्क एकको खरिददर १७७ रुपियाँ ६३ पैसा र बिक्रीदर १७८ रुपियाँ ३८ पैसा तोकिएको छ। अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपियाँ ९९ पैसा र बिक्रीदर ९३ रुपियाँ ३९ पैसा, क्यानाडियन डलर एकको खरिददर १०२ रुपियाँ १३ पैसा र बिक्रीदर १०२ रुपियाँ ५६ पैसा निर्धारण गरिएको छ। सिङ्गापुर डलर एकको खरिददर १०९ रुपियाँ ८९ पैसा र बिक्रीदर ११० रुपियाँ ३६ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ५४ पैसा र बिक्रीदर नौ रुपियाँ ५८ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ८२ पैसा र बिक्रीदर १९ रुपियाँ ९१ पैसा निर्धारण गरिएको छ। त्यस्तै, साउदी रियाल एकको खरिददर ३७ रुपियाँ ५९ पैसा र बिक्रीदर ३७ रुपियाँ ७५ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ६९ पैसा र बिक्रीदर ३८ रुपियाँ ८५ पैसा तोकिएको छ।

थाइ भाट एकको खरिददर चार रुपियाँ ४४ पैसा र बिक्रीदर चार रुपियाँ ४६ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ ३९ पैसा र बिक्रीदर ३८ रुपियाँ ५५ पैसा निर्धारण गरिएको छ। मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपियाँ ५५ पैसा र बिक्रीदर ३३ रुपियाँ ६९ पैसा कायम भएको छ। दक्षिण कोरियाली वन १०० को खरिददर १० रुपियाँ १३ पैसा र बिक्रीदर १० रुपियाँ १७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपियाँ दुई पैसा र बिक्रीदर १५ रुपियाँ आठ पैसा, डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ २४ पैसा र बिक्रीदर २२ रुपियाँ ३४ पैसा तोकिएको छ।

हङ्कङ डलर एकको खरिददर १८ रुपियाँ १४ पैसा र बिक्रीदर १८ रुपियाँ २२ पैसा तोकिएको छ। कुवेती दिनार एकको खरिददर ४६२ रुपियाँ ३७ पैसा र बिक्रीदर ४६४ रुपियाँ ३४ पैसा, बहराइन दिनार एकको खरिददर ३७३ रुपियाँ ९६ पैसा र बिक्रीदर ३७५ रुपियाँ ५५ पैसा, ओमानी रियाल एकको खरिददर ३६६ रुपियाँ २१ पैसा र बिक्रीदर ३६७ रुपियाँ ७६ पैसा निर्धारण गरिएको छ।

भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ। राष्ट्र बैंकले वाणिज्य बैंकहरूले तोक्ने दर केही फरक पर्न सक्ने र आवश्यक परेमा विनिमय दर जुनसुकै बेला परिमार्जन गर्न सकिने जनाएको छ। अद्यावधिक दर भने सधैं केन्द्रीय बैंकको वेबसाइटमार्फत उपलब्ध हुने प्रष्ट पारिएको छ।

निर्यात–आयात, वैदेशिक लगानी, पर्यटन र विप्रेषण प्रवाहसँग सीधा सम्बन्धित विनिमय दरले देशको अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले केन्द्रीय बैंकका यी सूचनाले आर्थिक बजारमा ध्यानाकर्षण गर्ने गर्छ।