अर्थ

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोक्यो!

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोक्यो!

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको नयाँ विनिमय दर सार्वजनिक गरेको छ। बैंकले तोकेको दरअनुसार अमेरिकी डलर एकको खरिद मूल्य १४१ रुपैयाँ ६१ पैसा र बिक्री मूल्य १४२ रुपैयाँ २१ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिद दर १६६ रुपैयाँ ४० पैसा र बिक्री दर १६७ रुपैयाँ १० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिद दर १९० रुपैयाँ ६५ पैसा र बिक्री दर १९१ रुपैयाँ ४६ पैसा तोकिएको छ। स्विस फ्र्याङ्क एकको खरिद दर १७८ रुपैयाँ ४१ पैसा र बिक्री दर १७८ रुपैयाँ ८९ पैसा कायम भएको छ।

अस्ट्रेलियन डलर एकको खरिद दर ९३ रुपैयाँ ५१ पैसा र बिक्री दर ९३ रुपैयाँ ९१ पैसा, क्यानेडियन डलर एकको खरिद दर १०२ रुपैयाँ ४ पैसा र बिक्री दर १०२ रुपैयाँ ४७ पैसा, र सिङ्गापुर डलर एकको खरिद दर ११० रुपैयाँ र बिक्री दर ११० रुपैयाँ ४७ पैसा तोकिएको छ। जापानी येन १० को खरिद दर नौ रुपैयाँ ५४ पैसा र बिक्री दर नौ रुपैयाँ ५८ पैसा, चिनियाँ युआन एकको खरिद दर १९ रुपैयाँ ८७ पैसा र बिक्री दर १९ रुपैयाँ ९५ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३७ रुपैयाँ ७५ पैसा र बिक्री दर ३७ रुपैयाँ ९१ पैसा, र कतारी रियाल एकको खरिद दर ३८ रुपैयाँ ८५ पैसा र बिक्री दर ३९ रुपैयाँ दुई पैसा निर्धारण गरिएको छ।

यस्तै थाई भाट एकको खरिद दर चार रुपैयाँ ४२ पैसा र बिक्री दर चार रुपैयाँ ४४ पैसा, युएई दिराम एकको खरिद दर ३८ रुपैयाँ ५५ पैसा र बिक्री दर ३८ रुपैयाँ ७२ पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३३ रुपैयाँ ६४ पैसा र बिक्री दर ३३ रुपैयाँ ७८ पैसा, साउथ कोरियन वन एक सयको खरिद दर १० रुपैयाँ ११ पैसा र बिक्री दर १० रुपैयाँ १६ पैसा, स्विडिस क्रोनर एकको खरिद दर १५ रुपैयाँ आठ पैसा र बिक्री दर १५ रुपैयाँ १५ पैसा, र डेनिस क्रोनर एकको खरिद दर २२ रुपैयाँ २९ पैसा र बिक्री दर २२ रुपैयाँ ३९ पैसा तोकिएको छ।

केन्द्रीय बैंकले तोकेको दरअनुसार हङकङ डलर एकको खरिद मूल्य १८ रुपैयाँ २१ पैसा र बिक्री मूल्य १८ रुपैयाँ २९ पैसा, कुवेती दिनार एकको खरिद मूल्य ४६४ रुपैयाँ ७५ पैसा र बिक्री मूल्य ४६६ रुपैयाँ ७२ पैसा, बहराइन दिनार एकको खरिद मूल्य ३७५ रुपैयाँ ५८ पैसा र बिक्री मूल्य ३७७ रुपैयाँ १७ पैसा, र ओमनी रियाल एकको खरिद मूल्य ३६७ रुपैयाँ ८० पैसा र बिक्री मूल्य ३६८ रुपैयाँ ३६ पैसा कायम भएको छ। भारतीय रुपैयाँ सयको खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ।

राष्ट्र बैंकले आवश्यक परेमा विनिमय दर जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। यसबाहेक, वाणिज्य बैंकले तोक्ने दरमा केही भिन्नता आउन सक्ने भएकाले उपभोक्ताले अद्यावधिक दर राष्ट्र बैंकको वेबसाइटमा हेर्न सक्ने जानकारी दिइएको छ।