अर्थ

नेपाल राष्ट्र बैंकले सोमबारका लागि तोक्यो विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले सोमबारका लागि तोक्यो विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। बैंकका अनुसार आज अमेरिकी डलरको खरिददर १४१ रुपैयाँ ६६ पैसा र बिक्रीदर १४२ रुपैयाँ २६ पैसा तोकिएको छ। यूरोपियन युरोको खरिददर १६५ रुपैयाँ ७७ पैसा र बिक्रीदर १६६ रुपैयाँ ४७ पैसा कायम गरिएको छ भने बेलायती पाउण्ड स्टर्लिङको खरिददर १८९ रुपैयाँ ८९ पैसा र बिक्रीदर १९० रुपैयाँ ६९ पैसा निर्धारण गरिएको छ।

त्यसैगरी अष्ट्रेलियन डलरको खरिददर ९२ रुपैयाँ ७४ पैसा र बिक्रीदर ९३ रुपैयाँ १३ पैसा, क्यानाडियन डलरको खरिददर १०१ रुपैयाँ ६० पैसा र बिक्रीदर १०२ रुपैयाँ ०३ पैसा, तथा सिङ्गापुर डलरको खरिददर १०९ रुपैयाँ ६८ पैसा र बिक्रीदर ११० रुपैयाँ १४ पैसा तय गरिएको छ।

जापानी येन (१०) को खरिददर नौ रुपैयाँ ४८ पैसा र बिक्रीदर नौ रुपैयाँ ५२ पैसा रहेको छ। चिनियाँ युआनको खरिददर १९ रुपैयाँ ८६ पैसा र बिक्रीदर १९ रुपैयाँ ९४ पैसा निर्धारण गरिएको छ। त्यस्तै साउदी रियालको खरिददर ३७ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९३ पैसा, कतारी रियालको खरिददर ३८ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३९ रुपैयाँ ०३ पैसा कायम गरिएको छ।

युएई दिरामको खरिददर ३८ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७३ पैसा, मलेसियन रिङ्गेटको खरिददर ३३ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३३ रुपैयाँ ७० पैसा, र दक्षिण कोरियन वन (१००) को खरिददर १० रुपैयाँ ०५ पैसा र बिक्रीदर १० रुपैयाँ ०९ पैसा तोकिएको छ।

राष्ट्र बैंकले दैनिक रूपमा विदेशी मुद्राको दर निर्धारण गर्दै आएको छ, जसको आधारमा वाणिज्य बैंक र वित्तीय संस्थाले कारोबार गर्ने गर्छन्। विनिमय दरमा हुने उतारचढाव आयात–निर्यातदेखि सामान्य उपभोक्तासम्मको खर्च र आम्दानीमा प्रत्यक्ष असर गर्ने भएकाले यसको निरन्तर निगरानी आवश्यक हुने विज्ञहरूको भनाइ छ।