कभर स्टोरी

प्रधानमन्त्रीको चीन भ्रमणको मिति तोकियो

प्रधानमन्त्रीको चीन भ्रमणको मिति तोकियो

प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको औपचारिक भ्रमणको मिति तोकिएको छ। मंसिर १७ देखि २० सम्म हुने यो भ्रमणका क्रममा किमाथांका, कोरोला र हिल्सा नाका सुचारु गर्ने, सन् २०१७ मा हस्ताक्षर भएर पनि कार्यान्वयनमा रोकिएको BRI परियोजना अघि बढाउने, बहुप्रतिक्षित सिगात्से-केरुङ-काठमाण्डौ रेल्वेको कामलाई तीव्रता दिने, र पोखरा विमानस्थलको ऋण मिनाहा गर्ने जस्ता विषयहरूमा छलफल हुने प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले बताएका छन्।

अघिल्लो महिना न्यूयोर्कमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा नेपाल भ्रमणको सम्भावना भएको चर्चा भए पनि हालसम्म प्रधानमन्त्री ओलीलाई दिल्लीबाट औपचारिक निमन्त्रणा आएको छैन। यसपटक प्रधानमन्त्री ओलीले दिल्लीको सट्टा बेइजिङको निमन्त्रणा स्वीकार गर्दै एक नयाँ पहल गर्न लागेका हुन्।