कभर स्टोरी

रास्वपाको नैतिकता धुलीसात्

रास्वपाको नैतिकता धुलीसात्

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले आफूलाई पुरना दलहरुभन्दा फरक गर्ने, सत्ता स्वार्थमा नलाग्‍ने प्रतिबद्धता गरेको भए पनि यसको व्यवहार र अँगलिरहेको नीतिले भने जुन जोगी आए पनि कानै चिरेका भन्‍ने कुरालाई स्पष्ट पारिदिएको छ। 

०७९ को निर्वाचनको ६ महिना पहिला स्थापना भएको रास्वपाले निर्वाचनबाट चौथो ठूलो दल बन्यो। जुन दल सरकार गठनका लागि निर्णायक भूमिका खेल्‍नसक्ने हैसियत बनायो। पहिलो निर्वाचनमा ठूला र पुराना राजनीतिक दलहरुलाई सत्तोसराप गरेर आलोचना गरेकै आधारमा मत पाएका रवि लामिछाने पहिलो गद्दारी भएको सरकारमा उपप्रधानमन्त्रीसहित गृहमन्त्री बने। 

नेपाली नागरिकता त्यागेको अवस्थामा सांसद भएको भन्दै अदालतले दोषी ठहर गरेपछि उनले नयाँ नेपाली नागरिकता लिएर चुनाव लड्नुपर्ने भयो र सरकारबाट उनको पार्टी बाहिरियो। 

फेरि कांग्रेससँगको गठबन्धनमा सरकार बन्दा समर्थन जनाए र राष्ट्रपति निर्वाचनमा कांग्रेसको उम्मेदवारलाई मतदान गरे। एमालेसँगको सहकार्य तोड्यो। 

सरकार बाहिर बस्दा सहकारी ठगीको आरोपमा जेल जानसक्ने भएपछि हाल बनेको एमाले-माओवादी गठबन्धन सरकारमा सामेल हुने निर्णय गरेको छ। यसरी पार्टीमा नैतिकता र आचरणको कुरा गर्ने, पुराना दलहरुलाई सत्ताको लोभ गरेको भन्दै चर्को स्वरमा आलोचना गर्ने रास्वपाले नै पार्टीको नैतिकतालाई नै धुलीसात् बनाएका छन्। 

रवि लामिछाने आफैं सरकार जाने र गृहमन्त्री पाउनुपर्ने बार्गेनिङमा लागिरहेका छन्। रवि लामिछानेले पहिलो पटक सरकारमा उनको ठगी धन्दामा साक्षी बसेको आरोप लाग्‍ने गरेका उपाध्यक्ष डीपी अर्याललाई सरकारमा पठाएको छ। 

तर, अर्थमन्त्रीको चर्चमा रहेका स्वर्णिम वाग्लेलाई भने अहिले सरकारमा पठाउने कुनै तयारी छैन। रविलाई नै वीपी देखेका स्वर्णिम पनि रविका हरेक अवैध गतिविधिहरुको ढाकछोप गर्न र रविको चाकरीमा व्यस्त देखिन्छन्।