स्वास्थ्य

गाँजा खान सिकाउँदै पूर्वसचिव उपाध्याय

गाँजा खान सिकाउँदै पूर्वसचिव उपाध्याय

काठमाडौं: भिम उपाध्याय, नेपाल सरकारका पूर्व सचिव, अहिले सामाजिक सञ्जालमा चर्चित पात्र बनेका छन्। उनी गाँजाको बकालत गर्दै आएका छन्, तर उनको विशेषता भनेको धूम्रपान रहित र नसा नलाग्ने गाँजाको प्रयोगमा केन्द्रित रहेको छ। उपाध्यायले कहिले साबुन, कहिले कपडा, कहिले जुत्ता लगायतका गाँजाबाट बनेका वस्तुहरू सामाजिक सञ्जालमा प्रस्तुत गरेर ध्यान आकर्षित गर्दै आएका छन्।

उपाध्याय भन्छन्, "गाँजा अर्थतन्त्र भनेको खर्बौँ रूपैयाको बिजनेस हो, लाख, करोड वा अर्बको होइन। तोरिलाउरे पाराले नेपालले यसबाट लाभ लिन कठिन हुन्छ। एउटा पनि दल वा एक जना ठूला नेताले पनि गाँजाको बारेमा प्यासोनेटली नेतृत्व लिएको नदेखिनु नेपालको यस्तो बहुमूल्य अतुलनीय श्रोत परिचालनको बिडम्बना हो। केवल गाँजा वैध गर्दैमा यसबाट फलदायी लाभ लिन संभव हुनेछैन। सरकारले गाँजालाई राष्ट्रिय अर्थतन्त्र एक प्रमुख श्रोतको रूपमा लिई राष्ट्रिय गाँजा पोलिसी नै सार्वजनिक गर्नुपर्छ।"

हालै, उपाध्यायले गाँजाको एक विशेष परिकारको रेसिपी फेसबुकमा सार्वजनिक गरेका छन्। उनले 'ग्रीन टी चमत्कार' भनेर नाम दिएका यो रेसिपी यस्तो छ:

ग्रीन टी चमत्कार

धेरै जनाले सोधिरहेका हुन्छन्- गाँजाको पातको ग्रीन टी कसरी बनाउने?
1. अहिलेको सिजनमा गाँजाका हरिया बोटहरू जहॉतही पाइन्छन्।
2. हरियो बोटका पातहरू टिपेर ल्याउने र पातलाई दिनभरि घाममा सुकाउने।
3. ५/६ घंटा सुकाएपछि पातहरू एकदम खंग्रिएर सुक्छ। त्यसलाई मिचेर धूलो बनाई हावा नपस्ने डब्बामा बन्द गरेर राख्ने।
4. त्यो धूलोबाट २ कप चियाको पानीका लागि १ चिम्टी धूलो हालेर खुब उमाल्ने।
5. उम्लेको पानी ग्रीन-टी बन्यो, यसमा केही नमिसाई खाने।
6. दैनिक २/३ चोटी १/१ कप चिया खान सकिन्छ।
7. अथवा ३/४ वटा हरियो गाँजाको पात १ गिलास पानीमा बेस्सरी पकाएर त्यो पानी १/१ कप खाने।

उपाध्यायले थप जानकारी दिँदै भनेका छन्, "यसरी तपाईँमा भएका धेरै बिमारीका समस्या बिस्तारै चट् हुँदै गएको स्वयंले महसुस गर्नुहुनेछ। पातमा नसा हुँदैन, टुप्पोको फूलमा चैँ नसा हुन सक्छ। यदि फूल हालेर पकाउनु हुन्छ भने एकदम थोरै मात्र हाल्नुहोला। नसा लागेमा मात्रा घटाउनु होला किनभने नसा लाग्ने नलाग्ने भन्ने कुरा खाएर अनुभव गरेबाट मात्र थाहा लाग्छ। सबैलाई उही मात्राले उति नै नसा लाग्दैन, मानिस मानिसमा फरक असर हुन्छ। नसा लाग्यो भने पनि त्यो औषधी हो, डराउनु पर्दैन। सुत्नुअघि खायो भने निद्रा गहिरो हुन्छ।"

भिम उपाध्यायले गाँजालाई एउटा औषधीको रूपमा प्रस्तुत गर्दै यसका फाइदाहरूलाई जनमानसमा पुर्याउन महत्वपूर्ण भूमिका खेल्दै आएका छन्। उनले सामाजिक सञ्जालमा साझा गरेका जानकारीहरूले धेरैलाई गाँजाको सही प्रयोग र यसको लाभबारे बुझ्न मद्दत पुगेको छ। धूम्रपान रहित र नसा नलाग्ने गाँजाको प्रयोगको बकालत गर्दै, उपाध्यायले नेपाली समाजमा गाँजाको सही उपयोगबारे जनचेतना फैलाउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन्।