सरकारको काम चुस्त बनाउन समिति गठन
 
                                काठमाडौं, साउन ४ – सरकारले मन्त्रिपरिषद्को पाँच समिति गठन गरी संयोजकको जिम्मेवारी तोकेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक, प्रशासन, आर्थिक पूर्वाधार, विधेयक, र सामाजिक समितिका संयोजक तोकेको हो।
बैठकपछि सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिएअनुसार, कार्यक्षेत्रका आधारमा समितिका संयोजक तोकिएको छ। उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेललाई महत्वपूर्ण समितिका संयोजकको जिम्मेवारी दिइएको छ।
राजनीतिक समिति
संयोजक: उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह
आर्थिक पूर्वाधार समिति
संयोजक: उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल
प्रशासन समिति
संयोजक: सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ
सामाजिक समिति
संयोजक: श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी
विधेयक समिति
संयोजक: गृहमन्त्री रमेश लेखक
मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारमा नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमाल र आर्थिक सल्लाहकारमा पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई नियुक्त गर्ने निर्णय गरेको छ।
त्यस्तै, नयाँ दिल्लीमा आयोजना हुने युनेस्को विश्व सम्पदा समितिको ४६ औँ बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा. गणेशप्रसाद पाण्डेयलाई साउन ६ देखि ११ सम्म सहभागी हुन स्वीकृति प्रदान गरिएको छ।
 
                         
                                                         
                                                         
                                                