कभर स्टोरी

सिके राउतको क्षेत्रमा तीन अर्ब बजेट पठाएको आरोप

सिके राउतको क्षेत्रमा तीन अर्ब बजेट पठाएको आरोप

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा दलित समुदायको प्रतिनिधित्व नगराइएपछि दलित अगुवाहरुले काठमाडौँमा विरोध प्रदर्शन गरेका छन्। 'दलितका लागि दलित अभियान'ले आज माइतीघर मण्डलामा प्रदर्शन गरेको छ। अभियानका संयोजक खगेन्द्र सुनारलगायत झण्डै एक दर्जनको संख्यामा रहेका प्रदर्शनकारीले समावेशी–समानुपातिक व्यवस्थाप्रति सरकार उदासिन रहेको आरोप लगाए।

गोडामा कैदीलाई लगाइने नेल लगाएर ब्यानर र प्लेकार्डसहित प्रदर्शनमा उत्रिएका दलित अगुवाहरुले संविधानमा गरिएको व्यवस्थालाई बेवास्ता गरेर काँग्रेस–एमालेसहितको गठबन्धन सरकारमा दलित नेतृत्वलाई अवसरबाट वञ्चित गराइएको बताएका छन्। सरकार निर्माण र राजनीतिक नियुक्तिमा संविधानले नै प्रदत्त गरेको आरक्षण लागू गर्नुपर्ने उनीहरुको माग छ।

यता, मधेश प्रदेशमा गठित २० सदस्यीय मन्त्रिमण्डलविरुद्ध जनता समाजवादी पार्टी नेपाल निकट युवा संगठनले जनकपुरमा कुर्सी जुलुस निकालेको छ। १२ मन्त्रालय रहेको प्रदेशमा मुख्यमन्त्री सतिशकुमार सिंहले पाँच जना राज्यमन्त्री नियुक्त गर्दै २० सदस्यीय मन्त्रिमण्डल बनाएपछि सर्वत्र आलोचना सुरु भएको छ। अनावश्यक रुपमा मन्त्री बनाएर राज्यलाई आर्थिक भार थोपरेको भन्दै समाजवादी युवा संघले आज जनकपुरमा कुर्सी जुलुस निकालेको हो।

मधेशमा आठ जिल्ला छन्, तर जनमत नेतृत्वको सरकार २० जनालाई मन्त्री बनाएर सरकारको ढुकुटी दुरुपयोग गर्न खोजेको जसपा नेपालका प्रदेश सदस्य राम आशिष यादवले जानकारी दिए। उनले भने, 'प्रदेशमा ८ जिल्ला छन्, मन्त्रालय १२ वटा छन्, तर लाजामर्दो तरिकाले २० जना मन्त्री बनेका छन्।' आफूलाई नयाँ र क्रान्तिकारी भन्ने पार्टीले पुराना पार्टीभन्दा पनि तल्लो स्तरको काम गरेको उनको तर्क छ। उनले जनमतका अध्यक्ष सिके राउतको क्षेत्रमा मुख्यमन्त्री सिंहले तीन अर्ब बजेट पठाएको आरोप लगाए।