अर्थ

एनआईसी एशिया बैंकको चेतावनी - प्यान अद्यावधिक नगरे धेरै ठूलो समस्या!

एनआईसी एशिया बैंकको चेतावनी - प्यान अद्यावधिक नगरे धेरै ठूलो समस्या!

अर्जुन राज खनिया
सहायक प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी)


लाखौं ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न आग्रह गरेको छ। “आयकर ऐन २०५८” अनुसार, नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध गर्नु पर्ने भएकाले ग्राहकहरूलाई यस अनुरोध गरिएको हो।

बैंकले आफ्ना ग्राहकहरूलाई प्यान अद्यावधिक गर्नको लागि सजिलो व्यवस्था मिलाएको छ। ग्राहकहरूले panupdate.nicasiabank.com वा मोबाइल बैंकिङ्ग एप (NIC ASIA MoBank) मा रहेको “PAN Update” विकल्पमा क्लिक गरी आफ्नो प्यान अद्यावधिक गर्न सक्छन्। साथै, ग्राहकले आफूलाई पायक पर्ने जुनसुकै शाखा कार्यालयबाट पनि प्यान अद्यावधिकको लागि आवेदन दिन सक्ने प्रबन्ध गरिएको छ।

महत्त्वपूर्ण जानकारी:

एनआईसी एशिया बैंकले निक्षेपकर्ताको ब्याज भुक्तानी वापत काटिएको करलाई E-TDS रेकर्डमा जनाउनको लागि प्यान अत्यावश्यक भएकोले ग्राहकहरूले प्यान अद्यावधिक गर्नु पर्नेछ। प्यान अद्यावधिक भएपश्चात्, करकट्टीको विवरण (E-TDS) सो प्यानमा प्रविष्ट गरिनेछ, जसले गर्दा आयकर प्रणालीले स्वचालित रूपमा अनुसूची १० मा करकट्टीको विवरण मिलान गर्नेछ।

यो प्रक्रियाले ग्राहकहरूलाई करकट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहजता ल्याउनेछ। प्यान अद्यावधिक नगराएको अवस्थामा E-TDS मा ब्याजकर दाखिला नभएको देखिएमा बैंक जिम्मेवार नहुने कुरा बैंकले स्पष्ट पारेको छ।

यदि पहिले नै बैंकलाई प्यान उपलब्ध गराए तापनि करकट्टीको विवरण समावेश नभएको खण्डमा, ग्राहकहरूले बैंकको नजिकैको शाखा कार्यालय वा ग्राहक सम्पर्क केन्द्रको फोन नम्बरहरू १६६०–०१–७७७७१, ०१–५९७०१०१ मा सम्पर्क गरी सेवा लिन अनुरोध गरिएको छ।

बैंकको योगदान र सेवा:

एनआईसी एशिया बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६७० एटिएम, ११८ विस्तारित काउन्टर, र ५१ शाखा रहित शाखा सञ्जालको माध्यमबाट सेवा प्रदान गर्दै आएको छ। बैंकले आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा प्रदान गरिरहेको छ।

देशको अर्थतन्त्रको सवलिकरण र उच्च आर्थिक वृद्धिमा योगदान पुर्याउँदै, बैंकले स्थापनाकालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा कुल रू. २६ अर्ब ५९ करोड भन्दा बढी राजस्व नेपाल सरकारलाई बुझाएको छ। गत आर्थिक वर्षमा मात्र, बैंकले रू. २ अर्ब ८९ करोड भन्दा बढी राजस्व नेपाल सरकारलाई बुझाएको छ।

वित्तीय समावेशीकरणका लागि, बैंकले मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा शाखा विस्तार गरेको छ। साथै, कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा सञ्चालन गरिरहेको छ।

देशको कुल जनसंख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा कार्यालयहरू स्थापना गरेको छ।