कभर स्टोरी

काठमाडौँ महानगरपालिकामा सिसिटिभी आतंकसँगै अब विज्ञ आतंक पनि

काठमाडौँ महानगरपालिकामा सिसिटिभी आतंकसँगै अब विज्ञ आतंक पनि

काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाह धर्मराज युधिष्ठिर जस्तै सत्यवादी नेताका रूपमा परिचित छन्। हालै उनले फेसबुक पेजमा एक कविता पोस्ट गरेका छन्, जुन यस्तो छ।

सत्यको कुनै एउटा पहिचान,
कुनै नाम हुँदैन,
मिथ्याको जस्तो ठूलो अभिमान ,
कुनै शान हुँदैन,
जलझैँ शीतल, फूलझैँ कोमल,
सून न पित्तल, किसानझैँ फोहर,
आकाशझैँ विशाल, 
स्पर्शझैँ सूक्ष्म,
सगरमाथाझैँ हिमाल,
थोपाझैँ पूर्ण,
सत्यको कुनै दाम हुँदैन,
कुनै एउटा पहिचान,
कुनै एउटा काम हुँदैन। नाम हुँदैन।  

बिबिन्न मुद्दामा उनले न्यायालयको समर्थन पाएका छन्। यसैकारण युएनपार्क नजिकै थापाथलीको सुकुम्बासी बस्ती हटाउने देखि नयाँ सडकको फुटपाथ विस्तार गर्नमा बाटो खुलेको छ। तर महानगरका कर्मचारीहरू भने उनिदेखि रुष्ट छन्। कारण अफिसमा सिसिटिभी राखेकोले। त्यसमाथि पनि त्यो सिसिटिभीबाट निगरानी गर्न उनले बिबिन्न विज्ञहरू नियुक्त गरेका छन्। उनीहरूको काम भनेको सिसिटिभी निगरानी गरेर को आयो को गयो भनेर बालेनलाई रिपोर्ट गर्ने हो। कर्मचारीहरूको अनुसार सिसिटिभी आतंकसँगै अब विज्ञ आतंक पनि थपिएको छ।

एक कर्मचारी भन्छन्, 'मेयर साहेब कटप्पाको तरवार भन्दा पनि तेज हुनुहुन्छ। तर पनि सबै काम हेर्न भ्याउनुहुन्न त्यसैले विज्ञ नियुक्ति गर्नुभएको होला।' कर्मचारीहरूको विज्ञ नियुक्ति गरेकोमा आपत्ति भन्दा पनि कर्मचारीहरूप्रति विश्वास नगरेको भन्ने दुःखेसो छ। 'सबै कर्मचारीलाई अविश्वास र शङ्काको दृष्टिले हेर्नु भएन', एक कर्मचारी भन्छन्। 

महानगर स्रोत भन्छ, 'विज्ञहरू मेयरसँग गैरकानुनी तरिकाले सरकारी खर्चमा फ्रान्समा फिल्म हेर्न जान्छन्, कर्मचारीहरू भने सिसिटिभीको डरले चिया खान निस्कनु पर्ने अवस्था छ।' विज्ञहरूसँग पुराना कर्मचारीहरू असहज अनुभव गर्न थालेका छन्। यसले कर्मचारीको कार्यसम्पादनमा नराम्रो असर पर्ने अनुमान गर्न सकिन्छ।


र यो पनि, 

महिला तथा पुरुष कर्मचारीको कोठामा बालेनले सीसीटीभी जडान गरेपछि....