‘नलेख है निलमणिको समाचार!’ मार्न मर्न उत्रिएका कार्यकर्ता! NMC को धम्क्याउने घिनलाग्दो शैली

नेपाल मेडिकल कलेजको मौनता: नेपाल आजको समाचारमा लगाइएका आरोपहरूको संकेतात्मक समर्थन

‘नलेख है निलमणिको समाचार!’ मार्न मर्न उत्रिएका कार्यकर्ता! NMC को धम्क्याउने घिनलाग्दो शैली

काठमाडौं— चिकित्सा शिक्षाको क्षेत्रमा आफ्नो छुट्टै स्थान बनाएको नेपाल मेडिकल कलेज (NMC) यतिबेला विवादको केन्द्रमा छ। केही दिन अघि ‘नेपाल आज’ अनलाइनले प्रकाशित गरेका गम्भीर आरोपसहितका समाचारप्रति NMC ले मौनता अपनाएर ती आरोपहरूलाई अप्रत्यक्ष रूपमा समर्थन गरेको देखिएको छ।

पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन २०७६) अनुसार संस्थाको आधिकारिक प्रतिक्रिया समावेश गर्ने उद्देश्यले नेपाल आजले NMC लाई सम्पर्क गरेको थियो। कलेजको आधिकारिक इमेल ([email protected][email protected]), सामाजिक सञ्जाल र टेलिफोनमार्फत पटक-पटक सम्पर्क गर्दा पनि कलेजले प्रतिक्रिया दिन अस्वीकार गरेको छ।

यसबाट NMC प्रशासनले मौनताबाटै प्रकाशित भएका समाचार सामग्रीहरू सत्य भएको वा कम्तीमा पनि सत्य नजिक रहेको संकेत दिएको जानकारहरूको भनाइ छ।

त्यसैबीच, नेपाल आजलाई प्रतिक्रिया दिनुको सट्टा NMC प्रशासनबाट पत्रकारलाई धम्की दिने काम भएको छ। मेडिकल डाइरेक्टर डा. नीलमणि उपाध्यायले ‘नेपाल आज’ का सम्पादकलाई व्यक्तिगत रूपमा धम्की दिएको प्रमाणले नै पुष्टि गरेको छ। यसले चिकित्सा शिक्षाको एउटा उच्च ओहोदाको व्यक्तिबाट अपेक्षा गरिने मर्यादित व्यवहारप्रति प्रश्न उठाएको छ।

त्यस्तै अर्को धम्की राजनीतिक दलको कार्यकर्ता बताउने व्यक्तिबाट समेत आएको छ। उनले नेपाल आजलाई भनेका छन्, "हामी मार्न र मर्न तयार कार्यकर्ता हौं, नीलमणि सर हाम्रो पार्टीको मान्छे हुनुहुन्छ। उहाँबारे समाचार नलेख्नु।" यस्तो धम्कीपूर्ण भाषा प्रयोग हुनुले संस्थाको शैक्षिक वातावरणमा राजनीतिक पहुँच र दवावको घुसपैठ स्पष्ट देखाउँछ।

नेपाल आजले यी धम्कीहरूलाई गम्भीरतापूर्वक लिएको र यसको तथ्य प्रमाण सुरक्षित रूपमा राखिएको जानकारी दिएको छ।


हेर्नुहोस यो पनि

  1. नेपाल मेडिकल कलेज: नकली नर्स, धम्की दिने डाइरेक्टर र अब घुस दिने अस्पताल!

  2. जोरपाटीस्थित एनएमसीमा डनको धम्की: डा. साबिहा यास्मिनले भनिन्—‘करियर सकाइदिन्छु!

  3. ‘हामी ओलीका झोले!’ – NMC मा प्रधानमन्त्रीको नाम लिएर खुलेआम गुन्डागर्दी

  4. सम्पादकलाई डा. नीलमणिको थ्रेट : ‘समाचार सच्याउनु, हैन भने गम्भीर परिणाम!’ 

  5. डा. द डिक्टेटर’ — जब अस्पतालको स्टेथोस्कोप बन्दूकझैं चल्न थाल्यो! 

  6. ‘हामी ओलीका झोले!’ – NMC मा प्रधानमन्त्रीको नाम लिएर खुलेआम गुन्डागर्दी 


नेपाल आजले NMC लाई प्रेषित गरेको इमेलमा संस्थाको अधिकारिक धारणा स्पष्ट रूपमा माग गरिएको थियो। पत्रमा भनिएको थियो, "हाम्रो उद्देश्य आरोप लगाउनु होइन। दुबै पक्षलाई बराबरी स्थान दिने र सत्यतथ्य बाहिर ल्याउने पत्रकारिताको धर्म निर्वाह गर्नु हो। यो संवाद सत्यका लागि हो, दमन वा पूर्वाग्रहका लागि होइन।"

तर, उक्त आग्रहलाई वेवास्ता गर्दै संस्थाको नेतृत्वले जवाफ दिनुको सट्टा मौनतालाई रोजेको छ। यसले NMC प्रशासनको पारदर्शिता र सार्वजनिक जवाफदेहितामाथि गम्भीर प्रश्न खडा गरेको छ।

यसअघि नेपाल आजले NMC मा न्यून तलब, करार नियुक्तिको आडमा कर्मचारीहरूलाई दबाबपूर्ण राजीनामा दिन लगाएको, एक विदेशी नागरिकताको सम्भावना भएको महिला कर्मचारीलाई अत्यधिक विशेष व्यवहार गरिएको, र केही उच्च व्यवस्थापनका व्यक्तिहरूले निरीक्षण टोलीलाई पैसा दिएर ‘मैनेज’ गर्न खोजेको आरोपसहितका समाचार प्रकाशित गरेको थियो। यी सबै विषयमा विस्तृत प्रश्नावली समेत संस्थालाई पठाइएको थियो।

प्रश्नावलीमा तलब संरचनाको पारदर्शिता, कर्मचारीको मानव अधिकार सुरक्षा, राजनीतिक पहुँचको दुरुपयोग र संस्थाभित्रको समान व्यवहारलाई लिएर संस्थाको धारणा माग गरिएको थियो। यी प्रश्नहरूको जवाफ दिनुको सट्टा कलेज प्रशासनले धम्कीको भाषा रोजेको भन्दै नेपाल आजले चिन्ता व्यक्त गरेको छ।

यो विषय केवल एउटा संस्थाको मात्र नभएर समग्र चिकित्सा शिक्षा र सेवाको प्रतिष्ठा र विश्वसनीयतासँग जोडिएको भएको हुँदा यसको गम्भीरतापूर्वक अनुसन्धान आवश्यक छ। खुलापन, पारदर्शिता र जवाफदेहीताको अभावमा संस्थाले समाज र राष्ट्रको अगाडि आफ्नो दायित्व निर्वाह गर्न नसक्ने सम्भावना बलियो हुँदै गएको छ।

नेपाल आजले सम्पूर्ण विवरण, तथ्य र स्रोतहरूको गोपनीयता पूर्ण रूपमा सुरक्षित राख्ने प्रतिबद्धता पुनः दोहोर्याएको छ। पत्रकारिताको उच्चतम मूल्य र मर्यादालाई कायम राख्दै सत्यतथ्य सार्वजनिक गर्न आफूहरू सदैव तत्पर रहने भन्दै संस्थाले उक्त विषयमा थप अनुसन्धान जारी रहने जनाएको छ।

नेपाल मेडिकल कलेज

संम्बधित खबर