‘हामी ओलीका झोले!’ – NMC मा प्रधानमन्त्रीको नाम लिएर खुलेआम गुन्डागर्दी

काठमाडौं — Nepalaaja.com मा प्रकाशित पछिल्लो अनुसन्धानमूलक समाचारपछि नेपाल मेडिकल कलेज (NMC) को भित्री अवस्थाबारे यथार्थ उजागर हुँदै गएको छ। चिकित्सा शिक्षाको नाममा सञ्चालित यो संस्था अहिले धम्की, कालो धन, सम्बन्धको दुरुपयोग र निजी स्वार्थको अखडामा रूपान्तरण भएको प्रमाणहरू क्रमशः सतहमा आउन थालेका छन्।
न्यून तलब, नियमविपरीत नियुक्ति: शिक्षक शोषणको नयाँ अध्याय
एकजना प्राध्यापकलाई १०,००० रुपैयाँ मात्र मासिक तलब दिइएको खुलासा भएपछि संस्थाले श्रम ऐन, शैक्षिक मापदण्ड र नैतिकता सबैको खुला उल्लंघन गरिरहेको पुष्टि भएको छ। नेपालको श्रम ऐन, २०७४ अनुसार कुनै पनि श्रमिकलाई न्यूनतम १८,००० रुपैयाँ तलब दिनुपर्छ। तर, NMC जस्तो उच्च शिक्षाको जिम्मेवारी बोकेको संस्थाले प्रोफेसरहरूलाई सामान्य श्रमिकभन्दा पनि कम पारिश्रमिक दिएको देखिएको छ।
चिकित्सा शिक्षामा प्राध्यापकहरूको प्रारम्भिक स्केल ६०,००० रुपैयाँ हुने गर्दछ, जसको न्यूनतम ६०% (अर्थात ३६,००० रुपैयाँ) तलब दिइनु कानुनी र नैतिक दायित्व हो। तर NMC मा यसको एकतिहाइ मात्र तलब दिने गरिएको छ। यो व्यवस्था ‘शैक्षिक सुधार’को नाममा सञ्चालित खुला शोषणको उदाहरण हो।
कर्मचारीहरू खुलेर बोल्न सक्दैनन्। कसैलाई तलब नघटाउने धम्की, कसैलाई निकालेको डर, कसैलाई बदनाम गर्ने भय। यस्ता तरिकाले संस्थाले आफ्नो असमान र अन्यायपूर्ण प्रशासन ढाकछोप गर्न खोजिरहेको देखिन्छ।
डेन्टलमा शोषण र जबर्जस्ती: 'खारेज'को नाटक
NMC अन्तर्गतको डेन्टल विभागलाई प्राविधिक रूपमा खारेज गरिएको बताइए पनि त्यो निर्णय औपचारिक बन्द नभई रणनीतिक पुनःसंरचना को निहुँमा गरिएको हो। स्थायी कर्मचारीहरूलाई निरन्तर मानसिक दबाब, अपमानजनक व्यवहार र धम्की दिँदै राजीनामा दिन बाध्य पारिएको छ। त्यसपछि ती पदहरूमा करारमा आफ्ना नजिकका मानिसहरूलाई नियुक्त गरिएको छ — बिना प्रक्रिया, बिना योग्यता।
एक कर्मचारीको भनाइ अनुसार: "हामी बोल्न डराउँछौं। किनकि बोलियो भने जागिर जान्छ, नबोलियो भने आत्मसम्मान।"
यसले स्पष्ट देखाउँछ कि अस्पतालमा नीति होइन, डरको शासन छ।
प्रेम र पावरको गठजोड: 'सिस्टम' भन्दा पनि 'संबन्ध' हावी
NMC भित्र अहिले सबैभन्दा बढी चर्चा हुने विषय एउटा उच्च पदस्थ पुरुष र एक सुन्दरी महिला कर्मचारीबीचको सम्बन्ध हो। ती महिलाको नागरिकता भारतीय भएको चर्चा छ, यद्यपि यसको पुष्टि भइसकेको छैन।
कर्मचारीहरूका अनुसार, नियम सबैमाथि लागू हुन्छ, तर एउटी महिलामाथि मात्र ‘विशेष सुविधा’ हुन्छ। उहाँहरूले उच्च पदाधिकारीको साथमा एकान्तमा घण्टौं बिताउने, हप्तौंसम्म छुट्टै पहुँच पाउने, र निर्णय प्रक्रियामा प्रत्यक्ष प्रभाव पार्ने गरेका छन्।
यस्ता सम्बन्धहरूले संस्थाको कार्यसंस्कृति, न्याय प्रणाली र महिला कर्मचारीबीचको समान व्यवहार पूर्ण रूपमा भत्काएको छ। प्रेम व्यक्तिगत कुरा हो, तर त्यो संस्थागत निर्णय र शक्ति सन्तुलन तोड्ने स्तरमा पुग्दा गम्भीर प्रश्न उठ्न थालेको छ।
कानुनी सल्लाह होइन, सस्तो रणनीति: वकिलको उक्साहटमा चल्ने व्यवस्थापन
NMC को हालको संकटपूर्ण निर्णयहरू एकजना बकम्फुर्सदे वकिलको सल्लाह अनुसार गरिएका हुन् भन्ने व्यापक धारणा छ। उनले दिएका अनौपचारिक सल्लाहका आधारमा व्यवस्थापनले मिडिया, नियामक निकाय र आफ्नै कर्मचारीहरूलाई धम्क्याउने र त्रसित पार्ने रणनीति अपनाएको देखिन्छ।
उनै वकिलको आडमा अध्यक्ष प्रो. डा. जैनुद्दिन अन्सारी र प्रबन्ध निर्देशक डा. सभिहा यास्मिन (बुवा–छोरी) सार्वजनिक रूपमा 'हामीलाई केही गर्न सक्दैन' भन्ने घमण्डमा व्यवहार गरिरहेका छन्।
NMC अहिले चिकित्सा सेवा दिने संस्था नभई, पैसा, पहुँच र डरको ‘माडबारी स्टाइल’ मा चल्ने व्यापारिक इकाईजस्तो देखिएको छ।
कालो धन र 'ओली' को नाम: के सत्ताको ढोका कलेजको ढाल?
पहिले ‘अन्डरवल्ड’ को नाम लिएर डर देखाउने व्यवस्थापन अहिले प्रधानमन्त्री केपी शर्मा ओली को नाम लिई खुलेआम दाबी गर्छ — "हामी ओलीका झोले, नेपालमा जे पनि गर्न सक्छौं।"
यो दाबी स्वयं अध्यक्ष अन्सारी र प्रबन्ध निर्देशक सभिहा यास्मिनले गरेका हुन्। यसले स्पष्ट देखाउँछ कि NMC अब शिक्षा संस्था नभई राजनीतिक संरक्षण र आर्थिक सत्ताको दुर्ग बनिरहेको छ।
यदि सत्ताको आडमा यस्ता संस्थाहरूले कानुन, नैतिकता र मानवीय मर्यादा कुल्चन थाले भने त्यो केवल एक संस्थाको संकट होइन — सम्पूर्ण राष्ट्रकै शैक्षिक भविष्यमाथिको आघात हो।
Nepalaaja.com यस्ता अनियमितता, शक्ति दुरुपयोग र शैक्षिक अपमानका विरुद्ध सत्य बोल्ने आफ्नो अभियान निरन्तर जारी राख्नेछ।
हेर्नुहोस यो पनि
-
नेपाल मेडिकल कलेज: नकली नर्स, धम्की दिने डाइरेक्टर र अब घुस दिने अस्पताल!
-
‘हामी ओलीका झोले!’ – NMC मा प्रधानमन्त्रीको नाम लिएर खुलेआम गुन्डागर्दी
-
सम्पादकलाई डा. नीलमणिको थ्रेट : ‘समाचार सच्याउनु, हैन भने गम्भीर परिणाम!’
-
डा. द डिक्टेटर’ — जब अस्पतालको स्टेथोस्कोप बन्दूकझैं चल्न थाल्यो!